बस एकआपसमा जुध्दा दुईको मृत्यु, पच्चीस यात्रु घाइते



पूर्व –पश्चिम राजमार्गअन्र्तगत सप्तरीको बैरबास्थित सडक खण्डमा आज दुईवटा बस एकआपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ भने झण्डै २५ जना यात्रु घाइते भएका छन् ।


पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३८४९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ६९७५ नम्बरको बस बैरबा–५ स्थित सडक खण्डमा आज बिहान एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृत्यु हुनेमा बसका चालक बारा–८ का रोहित भुजेल र बसका यात्रु भारत सिलुगुडीका ३५ वर्षीय सुरेन्द्र राई रहेका छन् । प्रहरीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका चालक र यात्रुको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सो दुर्घटनामा परी घाइते भएका झण्डै २५ जना यात्रुमध्ये आधाको अवस्था गम्भीर रहेको र उनीहरुको विराटनगरस्थित न्युरो अस्पताल र कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अन्य सामान्य घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...