News
»
"कोरियामा फेरि बढ्दैछ नेपालीको तलब
"कोरियामा फेरि बढ्दैछ नेपालीको तलब
कोरिया, ८ चैत– दक्षिण कोरियामा न्युनतम् ज्याला बढाउन चौतर्फि माग भएपछि चालु आर्थिक वर्षमै केही प्रतिशत तलब बढ्ने संकेत देखिएको छ । आर्थिक तथा मूल्यवृद्धिलगायतका विभिन्न सुचाकांकका आधारमा न्युनतम् तलब बढाउन देशभर माग भएपछि सरकार लचिलो देखिएको हो ।
मागअनुसार तलब बढे स्वदेशी र आप्रवासी न्युन आय भएका २७ लाखभन्दा बढी श्रमिक लाभान्वित हुनेछन् । राष्ट्रपति पार्क गुन ह्ये प्रशासनले उपभोक्ता मूल्यमा भएको वृद्धिले न्युन आय भएका मजदुरको जीवनयापनमा कठिनाइ भएको धारणा राख्दै यो वर्ष थप ७ प्रतिशत ज्याला बढाउनुपर्नेमा जोड दिएको छ । कोरियाका उपप्रधान तथा अर्थमन्त्री चुई ख्वाङ ह्वाङले पनि ज्याला बढाइने बताएका छन् । यो वर्ष ४० घण्टा काम गर्ने कामदारको न्युनतम् पारिश्रमिक ११ लाख ६६ हजार दुई सय २० वन (एक लाख पाँच हजार सात सय ४१ रुपैयाँ) रहेको छ । source:taja khabar
प्रतिक्रिया दिनुहोस्...