"एसिड हान्नेलाई मृत्युदण्ड दिन सकिदैनः गृहमन्त्री गौतम



६ चैत, काठमाडौं ।


उपप्रधान तथा गृह वामदेव गौतमले बलत्कार र एसिड प्रहारको घटनाम संलग्न दोषीलाई मृत्युदण्ड दिन नसकिने बताएका छन् । बलत्कार र एसिड प्रहार गर्ने माथि व्यक्तिहरुमाथि मृत्युदण्डको सजायँ दिनु पर्ने चर्को आवाज उठिरहेको बेला गौतमले यस्तो बताएका हुन् । नयाँ बन्ने संविधानमा मृत्यु दण्डको व्यवस्था गर्न दबाब आइरहेका बेला गौतमले मृत्युदण्डको प्रावधान स्थापित हुन नसक्ने दावी गरेका छन् ।
\


शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गौतमले नेपाल मानबअधिकार पक्षधर राष्ट्र भएको भन्दै मृत्युदण्डको प्रावधान स्थापित हुन नसक्ने बताए । पछिल्लो समय दण्डहिनता मौलाउदै गएका कारण मृत्युदण्ड प्रश्न उठेको उल्लेख गर्दै गौतमले भने,‘जातिय भेदभावलाई निरुत्साहित गर्न प्रतिस्थापन कानुन बनाउन सरकार तयार छ ।’

फरक प्रसंगमा उनले बिबादित बिषयलाई थाति राखेर भएपनि संबिधान निर्माण गर्नुपर्ने बताए । उनले भने,‘दलहरुबीच सहमतिको अधिकतम प्रयास भए पनि सहमति भने हुन सकेको छैन, बिबादित बिषयलाई जनमत संग्रह गर्न हामी तयार छौ ।’ नेपालमा एकल जायित पहिचानका आधारमा संघिय प्रदेश बन्नै नसक्ने गौतमले बताए ।source:taja khabar




प्रतिक्रिया दिनुहोस्...