"सस्तोमा नेपाली कामदार पठाउने टेन्डर !
February 18, 2015
काठमाडौं । सरकारले सस्तोमा वैदेशिक रोजगारीमा कामदार पठाउन शुल्क घटाघटमा टेन्डर प्रणाली लागू गर्ने तयारी गरेको छ।
विभिन्न वैदेशिक रोजगारदाता मुलुकमा न्यूनतम शुल्क तोके पनि म्यानपावर कम्पनीहरूले अधिकतम शुल्क उठाउँदै आएकाले रकम घटाघटका आधारमा सरकारले टेन्डरमार्फत वैदेशिक रोजगारीमा कामदार पठाउने योजना बनाएको हो ।
योजनाअनुसार सरकार आफैंले खाडीसहित अन्य केही मुलुकबाट कामदारको अनलाइन डिमान्ड ल्याउने र सोही संख्यालाई म्यानपावर कम्पनीमार्फत घटाघट मूल्य (सस्तोमा) टेन्डर गराएर पठाउनेछ ।
शुल्क घटाघटमा टेन्डर गर्दा सस्तोमा पठाउने कम्पनीले मात्र कामदार पठाउन पाउँछ। तर यसका लागि सरकारले पहिला जी टु जी (दुई सरकारबीच) सम्झौता गर्नुपर्छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।source: nepali headline
