"मदिरा सेवन गरी ‘खडेश्वर बाबा’ले देखाए लीला, ज्यान मार्ने धम्कीपछि प्रहरी फन्दामा



कन्चनपुर, फाल्गुन ६ । कन्चनपुरमा ४१ दिनदेखि उभिएर तपस्या गर्दै आएका खडेश्वर बाबालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



शिवरात्रीको अवसर पारेर कालभैरवको मूर्ति स्थापना गर्ने भन्दै कन्चनपुरको महेन्द्रनगरस्थित कालभैरव मन्दिरमा तपस्या गर्दै आएका उक्त नागाबाबाले मदिरा सेवन गरी शिव मन्दिरका पुजारीहरुलाई ज्यान मार्ने धम्की दिँदै मन्दिरमा तोडफोड र  बितन्डा मचाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफूलाई भारतको केदारनाथका महन्त बनारसी गिरी नागाबाबा बताउने बाबाले नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने र शिव मन्दिरनजिकमा कालभैरवको मूर्ति स्थापनाका लागि भन्दै पौष २० गतेदेखि ४१ दिने खडा तपस्या गरेका थिए ।

नागाबाबाले शिवरात्रीको मध्यरातमा मदिरा सेवन गरी यस्तो हर्कत गरेपछि प्रहरीले पक्रेको हो । source:image khabar




प्रतिक्रिया दिनुहोस्...