-सैनिकलाई बाइकमा बाँधेर घिसारियो (भिडियो सहित)
-१० फागुन, एजेन्सी ।
खतरनाक आतंकवादी समूह स्लामिक स्टेट (IS) ले एक सिरियाली सैनिकलाई उनीहरुको राजधानी भनिने रक्का शहरमा बाइकमा बाँधेर घिसारेको दृष्य सार्वजनिक भएको छ ।
स्लामिक स्टेटका समर्थकहरुले तीन सैनिकलाई कुटी कुटी मारेका तस्विर समेत सार्वजनिक भएका छन् । ती सैनिकहरुलाई मृत्य दण्ड घोषणा गर्दा सयौंको संख्यामा मानिसहरु हेर्न जम्मा भएको समेत तस्विरमा देखिन्छ ।
भिडमा जम्मा भएकाहरुले सैनिकहरुलाई लात र मुक्का प्रहार गरेका थिए ।
केही दिन अघि बन्धक बनाइएका सैनिकलाई यसरी मारिएको हो । आइएसले यसै गरी दर्जनौंको हत्या गर्दै आएको छ ।