प्रियंका र सौरमको यस्तो चुम्बन, सौगातको नयाँ भाषा शैली (भिडियो)



प्रदर्शन मिति तय गर्दै चलचित्र ‘षडङ्ग’को ट्रेलर सार्वजनिक भएको छ । चैत्र १३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई पपकर्नले वितरण गर्ने भएको छ ।
सुरज सुनवारको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई समिर सुनवारले निर्माण  गरेका हुन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, अनुप बराल, सौरमराज तुलाधर, विजय लामा, नविन मानन्धर, ए गुरुङ लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा नायिका कार्कीलाई बोल्ड अवतारमा देखाइएको छ । यस्तै, नायक सौगात मल्लले नयाँ शैलीको भाषालाई अबलम्बन गरेका छन् । चलचित्रको ट्रेलरसँग यो चलचित्रप्रति दर्शक तथा चलचित्रकर्मीको आशा बढ्ने देखिन्छ । चलचित्रलाई ग्याङस्टार थि्रलर बिषयमा तयार पारिएको छ ।





प्रतिक्रिया दिनुहोस्...