पहिलो सम्भोग अनुभब यौनकर्मीसँग' यस्तो रह्यो !
कास्की, माघ २६ - 'मेरो पहिलो सम्भोग यौनकर्मीसँग भएको हो,' लेखक कुमार नगरकोटीले यसो भनिरहँदा श्रोतादीर्घामा रहेका साहित्य अनुरागीहरूले औंलो टोकौंला जस्तो गरे । तिनैबीच थिइन् उनकी जीवनसंगिनी सावित्री कार्की पनि ।
एक पाठकले कुमारलाई सोधिहाले, 'घरपरिवारकै अगाडि यसो भनिरहँदा तपाईंलाई अप्ठयारो लाग्दैन ?' कुमारले आफ्नै शैलीमा जवाफ दिए, 'उनैलाई त सुनाएको हुँ ।' पोखरामा पठन संस्कृतिको विस्तारबारे पहल गर्दै आएको र्यान्डम रिडर्स सोसाइटीले पचासौं शृंखलामा शनिबार कुमार कृति 'अक्षरगन्ज' बारे परिचर्चा राखेको थियो । आफ्ना प्रायः भोगाइलाई वास्तविकतासाथ प्रस्तुत गर्ने कुमारले लेखनकै सन्दर्भमा यौनकर्मीसँगको सम्बन्ध उजागर गरेका हुन् । उनले इमानदारी, नैतिकता, आडम्बरीका सन्दर्भमा 'जीवन जस्तो छ त्यस्तै लेख्दै आएको' दाबी गर्दै थपे, 'जीवन मलाई फिक्सन जस्तै छ । मलाई माक्र्सवादी, भुइँमान्छे, बुर्जुवा जे भने पनि ठीकै लाग्छ ।' युवा समालोचक राजन गोदारले 'अक्षरगन्ज' सपनाको एउटा देश रहेको, जहाँ कुमारसँग उनले इच्छाएका र चाहेका पात्र, लेखक र सर्जकसँग रमाइलो गर्न सकिने टिप्पणी गरे । 'अक्षरगन्जको यात्रा रोमाञ्चकारी र रहस्यमय छ,' उनले भने, 'आफ्नाबारे के लेख्ने र कसरी लेख्ने भन्ने अधिकार हमेसा लेखकलाई नै हुने त हो ।' खलिल जिब्रानलाई नचिनेको, काफका नसुनेको, लियो तोल्सतोय नपढेको तथा अर्नेस्ट हेमिङवे, मिलान कुन्देरा, अल्बर्ट कामु, जोन स्टेनबेक, फ्योदोर दोस्तोयवस्की, एन्टोन चेखोभबारे केही पत्तो नपाएको पाठकले कुमारका कृति बुझ्न नसक्नु कुमारको लेखनको सीमा रहेको गोदारले उल्लेख गरे । कवि तीर्थ श्रेष्ठले कुमारको भाषामा अनौपचारिकता हुने भएकाले पाठकलाई पढदा आनन्द लाग्ने दाबी गरे । 'उनमा पाखण्ड छैन, आफ्नै भाषाको लय समातेका छन्,' श्रेष्ठले भने । कवि सरस्वती प्रतीक्षा, समालोचक लक्ष्मीशरण अधिकारी, सोसाइटीका अध्यक्ष गनेश पौडेल, दीपक पराजुली, सौगात संघर्षले समेत कुमारजस्ता साहसी लेखक कमै भएको बताए । यसैबीच, र्यान्डम रिडर्स सोसाइटीले र्यान्डम अवार्ड घोषणा गरेको छ । एक लाख रुपैयाँको उक्त पुरस्कार प्रत्येक वर्ष उत्कृष्ट पुस्तकलाई दिइनेछ । १० हजार पाठकलाई भोटिङमा समावेश गरेर उत्कृष्ट पुस्तक छनोट गरिने सोसाइटी अध्यक्ष पौडेलेले जानकारी दिए ।source: manka kura
