अमिताभ बच्चनकी भतिजीको नायकसँग गुपचुप बिहे



मुम्बई । अमिताभ बच्चनकी भतिजी नैना बच्चनले बलिउड अभिनेता कुणाल कपुरसँग गुपचुप विवाह गरेको खुलासा भएको छ ।
रिसेल्श आइल्याण्डमा भएको विवाहमा उनको परिवारका केही सदस्यमात्र सहभागी थिए । उनीहरुबीचको विवाहको खबर एक अंग्रेजी अखवारले दिएको हो ।
उनीहरुबीच विवाहको प्रबन्ध अत्यन्तै गोप्य तरिकाले गरिएको थियो । कुणाललाई अमिताभ बच्चकी छोरी नन्दा बच्चनले नैना मागेकी थिइन् ।
नैना र कुणालको विवाहमा अमिताभ बच्चनको परिवार सामेल थियो की थिएन भन्नेबारेमा अहिलेसम्म खुलेको छैन । नैना अमिताभ बच्चनका कान्छा भाइकी छोरी हुन् ।





प्रतिक्रिया दिनुहोस्...