आजको राशिफल : आज मिति वि.सं. २०७१ फाल्गुन १६ गते शनिबार अनुसार तपाइको राशिफल यस प्रकार छ-:
आजको राशिफल
वि.सं. २०७१ फाल्गुन १६ गते शनिबार तदनुसार ई. सं. २०१५ फेब्रुवरी २८ तारिख
फाल्गुन शुक्ल दशमी, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, प्रीति योग, गर करण
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । तर त्यस अवसरमा तपार्इंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज गरिएको क्रियाकलापले तपाईंलाई दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले तपाईंले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भाइबहिनी वा सन्ततिका समस्या निदानका लागि समय र धन खर्च हुने सम्भावना छ । आर्थिक समस्याले पिरोल्ने छ । कारोबार ठप्प हुने सम्भावना छ । व्यवसायबाट लाभ हुन सक्दैन । दाम्पत्यसम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्छ । मातापितासँगको सम्बन्धमा समेत प्रभाव पार्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विभिन्न अनिष्ट दिनहरू मध्येको एउटा दिन आजको दिन पनि हो । सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज गरिएको धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापबाट व्यक्तिगत सम्मानमा हानि पुग्न सक्छ । साँझपख अशुभ कुराको सङ्केत प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हाँसखेल, भ्रमण र मनोरञ्जनको इच्छा जागेपनि त्यसका लागि समय र धनको जोहो हुन सक्दैन । घरपरिवारका सदस्यसँग मतभिन्नता बढ्नसक्छ । अनावश्यक र दिक्कलाग्दो यात्राको सम्भावना छ । घरका विपरीतलिंगी नातेदारको स्वास्थ्यमा समस्या आउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रुहरूले तपाईंको चियोचर्चो गर्नेछन् । एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत छ । आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ । उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । साँझपख मन भुलाउने उपायको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन ,व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
