अमेरिकी राष्ट्रपति ओबामा माथि बलात्कार आरोप !



एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामामाथि बलात्कारको आरोप लागेको छ । यो आरोप कुनै पीडितले नभई एक अमेरिकी टेलिभिजन च्यानलले भुलबस लगाएको हो ।

वास्तममा शुक्रबार केएसडब्लु टिभीको साँझपखको कार्यक्रमको प्रसारणको समयमा यो कुरा सामुने आएको हो । बलात्कारका कुनै अर्को आरोपीको समाचार देखाइरहेको थियो ।
२२ वर्षीय कार्यक्रम सञ्चालिका क्याथलिन बेड ति आरोपीका बारेमा कुराकानी गरिरहेकी थिइन् । ठिक सोही समयमा पृष्ठभूमिमा भने अमेरिकी राष्ट्रपति बाराक ओबामाको तस्वीर देखाएको थियो ।
यो तस्वीरसाथ देखाइएको क्याप्सनमा ‘नो चार्जेस’ लेखिएको थियो । बलात्कार आरोपी फ्रान्सिस्को सउसाको बारेमा भएको कुराकानीका क्रममा यो साक्षीको अभावमा कुनै प्रकारको आरोप पुष्टि हुन नसकेको उल्लेख गरिएको थियो ।
६० मिनेटको कार्यक्रममा यस भूलको महसुस नै नभएको भारतीय अनलाई जागरणले जनाएको छ । तर कार्यक्रम प्रसारणपछि फक्स फाइभ सान डिएगोले यस गल्तीबारेमा प्रतिक्रिया दिँदै भुलबस उक्त कमजोरी भएको र यसका कुनै अन्य उद्देश्य नभएको स्पष्ट पारेका छन्




प्रतिक्रिया दिनुहोस्...