फेक फेसबुक आइडी’ थाहा पाउने १० तरिका: जानी राखौ



फेसबुकमा महिलाको नक्कली आइडी बनाएर युवाहरुलाई उल्लु बनाउने मानिसहरुको कुनै कमी छैन । युवकहरु पनि महिलाको नामबाट बनेको आइडीबाट फ्रेन्ड रिक्वेस्ट आउँदा नै केहि नबुझी कम्फर्म गर्ने गर्दछन् । अथवा आफैँ कुनै नाम सर्च गरेर आइडी खोजी गर्दछन् र फेसबुकमा साथी बन्ने गर्दछन् । यस्तो प्रकारको नक्कली आइडी तपाईंलाई केवल उल्लु बनाएर फाइदा उठाउनका लागि तयार गरिएको हुन्छ । सायद यसो गर्दा मानिसहरुले केहि हदसम्म सन्तुष्टि पाउने गर्दछन् । यस्तो आइडीका कारण थुप्रै मानिसहरुले थुप्रै प्रकारको समस्यासमेत झेल्नुपरेको हामीमध्ये थुप्रैले समाचार पढेका छौँ । अथवा हामी आफैँ पनि यसको शिकार भएका हुनसक्छौँ जसले थुप्रैलाई मानसिक यातनासमेत दिने गरेको छ । यस्तो समस्याको कसैले समाधान गर्नु नपरोस् भन्नका लागि यहाँ हामीले नक्कली फेसबुक आइडी थाहा पाउने तरिकाको जानकारी दिँदै छौँ ।


 प्रोफाइल फोटो नियाल्नुहोस्ः फेक आइडी थाहा पाउने सबैभन्दा राम्रो तरिका भनेको प्रोफाइल फोटो नै हो । यदि पूरै अकाउन्टमा एउटा मात्र फोटो छ भने त्यो फेक आइडी भएको थाहा पाउनुहोस् ।


 स्टेटस अपडेटले पनि धेरै कुरा बताउँछः फेक आइडी भएको थाहा पाउने सबैभन्दा राम्रो उपाय स्टेटस पनि हो । फेक अकाउन्ट भएका मानिसहरुले लामो समयसम्म आफ्नो स्टेटस अपडेट गर्दैनन् । यस्तो फेसबुक अकाउन्ट जसमार्फत कुनै वाल पोष्ट भएको छैन र कुनै साथीहरुको स्टेटस वा फोटोमा कमेन्ट गरिएको छैन भने त्यसलाई फेक फेसबुक आइडी भएको ठहर गर्न सकिनेछ । आफ्नो पहिचान कसैसँग पनि सार्वजनिक नहोस् भन्नका लागि उनीहरु फेसबुकमा त्यति एक्टिभ हुँदैनन् ।

रिसेन्ट एक्टिभिटीले खोलिदिनेछ पोलः प्रोफाइल फोटो, स्टेटस अपडेट पछि तपाईंको सम्भावित फेक आइडीको रिसेन्ट एक्टिभिटीमाथि ध्यानकेन्द्रित गर्नुपर्ने हुन्छ । युजरले तपाईंको साथीहरुलाई एड गरिरहेको छ र नयाँ साथीहरु बनाइरहेको छ, उसले कुनै पनि फेसबुक पेज अथवा ग्रुपमा ज्वाईन गरेको छैन भने तपाईं बुझ्नुहोस् कि उक्त मानिस केवल साथीहरुको संख्यालाई वृद्धि गर्न लागिपरेको छ र उसको नक्कली फेसबुक आइडीको सहायता लिइरहेको छ ।

 फ्रेन्ड लिष्टबाट पनि पाइन्छ जानकारीः नक्कली फेसबुक आइडी थाहा पाउनका लागि उसको फ्रेन्ड लिष्टले पनि निकै सहयोग गर्ने गर्दछ । यदि सम्भावित आइडीका साथीहरुमा अपोजिट सेक्सका मानिसहरु बढि छन् भने सम्झनुहोस्, त्यो अकाउन्ट नक्कली हो ।

अबाउट त हेर्ने पर्ने हुन्छः यी सबै हतियारद्वारा कुनै आइडीलाई नियालेपछि तपाईंले त्यो सम्भावित नक्कली फेसबुक अकाउन्टको ‘अबाउट’ पेट हेर्नु नै पर्ने हुन्छ । यदि प्रयोगकर्ताले आफ्नो स्कुल, कलेज, काम गरिरहेको ठाउँ, आफू बस्ने ठाउँको जानकारी दिएको छैन र डेटिङ अप्सनलाई अन गरेको छ र महिला, पुरुष दुबैमा इन्ट्रेस्टेड भएको बताएको छ भने यो फेक आइडी हो भनेर विश्वास गर्नुहोस् ।

यस्ता व्यवहार सामान्य हुन्छन् फेक फेसबुक आइडीमाः फेक आइडी बनाउने मानिसहरुले आफू जन्मेको मिति एकै प्रकारको प्रयोग गर्ने गर्दछन् । जस्तैः १–१–१९९०÷१९९६ अथवा ३१–१२–१९९०÷१९९६ आदि । यस्तो उनीहरुले आफूलाई मिति सम्झिन सजिलो होस् भन्नका लागि गर्दछन् जसको आधारमा आफ्नो उमेर घटबढ गरेर मानिसहरुलाई उल्लु बनाउने गर्दछन् ।

मोबाइल नम्बर पनि छ कि ? कुनै युवतीले आफ्नो फेसुबकमा कन्ट्याक्ट इन्फोमा मोबाइल नम्बर दिएको देख्दा थुप्रै पुरुषहरु रमाउने गर्दछन् । फेस फेसबुक प्रोफाइलमा यो निकै साधारण कुरा हो । एकचोटी सोच्नुहोस्, कोही पनि महिलाले आफ्नो मोबाइल नम्बर सबैलाई किन बाँढ्दै हिँड्छिन् ?

साथी बन्नुभएकोमा धन्यबाद ! कुनै पनि प्रोफाइलको रिसेन्ट वाल पोस्टमा ध्यान दिनुहोस् । यदि धेरै मानिसहरुले उनीहरुलाई ‘साथी बन्नुभएकोमा धन्यबाद, डु आई नो यु’ जस्ता मेसेजहरु पोष्ट गरिरहेका छन् र यस्तो प्रश्न र कम्प्लिमेन्टहरुको कुनै पनि जवाफ दिइएको छैन भने यस्तो अवस्थामा प्रोफाइल नक्कली हुने सम्भावना अधिक हुने गर्दछ ।

फेसबुक एप प्रयोग गरेको छ कि छैनः फेसबुकमा झुण्डिने प्रत्येक व्यक्तिले कुनै न कुनै एपको प्रयोग अवश्य पनि गरेको हुन्छ अथवा लाइक गरेको हुन्छ जस्तै क्यान्डि क्रश सागा, तीन पत्ती आदि । यस्ता एपहरु कुनै पनि प्रोफाइलमा नदेखिएमा सम्झनुहोस् केहि गड्बडी पक्कै छ । यद्यपी यो एक्लैले फेक आइडी भए नभएको थाहा पाउँदैन तर यसलाई पक्रनको लागि भने पक्कै मद्दत गर्दछ ।

फोटो नक्कली हो कि होइन बताइदिन्छ गुगललेः यदि तपाईंलाई पूरै विश्वास भइसकेको छ कि फेसबुक अकाउन्ट नक्कली हो भने उक्त प्रोफाइलको फोटोको खोजी गर्नुहोस् । फेक प्रोफाइल फोटोलाई गुगलले सेलेक्ट गर्दछ र आफ्नोमा स्टोर गर्नेछ । जब तपाईं यस्तो फोटोलाई गुगलमा लगेर ड्रप गर्नुहुन्छ भने गुगलले त्यसको पूरै हिष्ट्रि बताउनुका साथै फेक र ओरिजिनल तस्बिर बताइदिन्छ । source: taja khabar




प्रतिक्रिया दिनुहोस्...