मन्त्रिकी पत्नीले नै नक्कली पासपोर्ट वनाएपछी...



श्रीलङ्काका प्रहरीले पूर्व मन्त्रीकी श्रीमतीलाई नक्कली कुटनीतिक राहदानी लिएको आरोपमा पक्राउ गरिएको प्रहरी प्रवक्ताले सोमाबार जानकारी दिएका छन् ।

श्रीलङ्काली पूर्व आवासीय मन्त्री विमल वेएरावान्साकाकी श्रीमती शशि वेएरावान्सालाई पक्राउ गरिएको जानकारी दिइएको छ । शशि आइतबार मलाबेमा रहेको एक निजी अस्पतालबाट पक्राउ परेकी बताइएको छ । उनी उपचारका क्रममा सो अस्पतालमा बसेको जनाइएको छ ।
1692338060shashi-weerawansaउनलाई हाल पक्राउ गरी प्रहरी हिरासदमा राखिएको र अदालतबाट सोधपुछ हुने बताइएको छ । उनीविरुद्धमा पर्याप्त प्रमाणहरु फेला परेको प्रहरी प्रवक्ता एसएसपी अजित रोहानाले बताउनुभएको छ ।

वेएरावान्सा परिवार पूर्व राष्ट्रपति महिन्दा राजापाक्क्षेको नातेदार रहेको पनि एक समाचारमा उल्लेख गरिएको छ ।source tajakhabar




प्रतिक्रिया दिनुहोस्...