बेडसिन दिएपछि किन रोइन् नायिका पुजना प्रधान ?
‘म रोए धेरै’ भन्दै नायिक पुजना स्त्रि चलचत्रि ‘रक्षा’ को एक गीतमा आँशु बगाइरहेकी छिन् । चलचित्रमा उत्तेजक बेडसिन दिएपछि पुजनाको आखाबाट आँशु किन झर्यो, कौतुहलताको बिषय बनेको छ ।

चलचित्रको प्रदर्शन मिति नजिकिदै जाँदा निर्माणपक्षले यसको प्रोमो सार्वजनिक गरेको छ । प्रोमोमा चलचित्रका सम्पुर्ण कलाकारलाई देख्न सकिनेछ । पबन बस्नेतको निर्माणमा तयार भएको यो सिनेमाभित्र राजेश हमाल, अशोक फुयाँल, सुशान्त कार्की, पुजना स्त्रि, सारिका घिमिरे र स्वयंम निर्माता बस्नेतको अभिनय हेर्न सकिन्छ ।
चलचित्रले राष्ट्र बचाउँन युवतीले आफ्नो जवानीलाई समेत तिलाञ्जली दिन सक्छन् भन्ने बिषयलाई पनि उठान गरेको छ । चलचित्रमा कलाकार खुशी थापाले पनि एक उत्तेजक बेड सिन दिएकी छिन् । अर्जुन पोखरेलले संगीत भरेका चलचित्रका गीतहरुलेे बजार राम्रैसँग तताइरहेका छन् । source:online jagat
