"सुध्रियो हिमानीसँगको पारसको सम्बन्ध अब पारस नेपाल फर्कने



काठमाडौं,फागुन १२ – पूर्वयुवराज पारस शाह थाई प्रेमिकालाई नलिई स्वदेश फर्किन राजी भएका छन् । फागुन पहिलो साता पूर्वयुवराज्ञी हिमानी शाहले जेलमै भेटेपछि पारसलाई स्वदेश फर्काउने तयारी पनि भएको छ ।


२९ माघमा थाइल्यान्ड गएकी हिमानी ६ फागुनमा फर्केकी हुन् । उनले थाइल्यान्डको उदुकखानीस्थित जेलमै पारसलाई भेटेकी थिइन् । भेटेपछि पारस थाई प्रेमिका कन्निका चाइसानलाई नलिई स्वदेश फर्कन राजी भएको हिमानीले परिवारका सदस्यलाई बताएकी छन् । पारस गत दसैंमा थाई प्रेमिकासहित स्वदेश आउन लागेका थिए,तर श्रीमती हिमानी र बुबा ज्ञानेन्द्रले रोकेका थिए । उनी गाँजासहित पक्राउ परे र अदालतको आदेशकमा जेलमा छन् । पूर्वराजपरिवारले थाइल्यान्डमा मुद्दा टुंगिनासाथ पारसलाई स्वदेश फर्काउने तयारी गरेको छ । पारस २९ कात्तिकदेखि जेलमा छन् । उनलाई लाओससँगको सीमावर्ती उदुकखानीस्थित लेजमा ख श्रेणीको सुविधासहित राखिएको छ । यो ठाउँ बैंकबाट करिब दुई सय किलोमिटर दूरीमा छ । sorce:taja khabar




प्रतिक्रिया दिनुहोस्...