"फेसबुकमा आफ्नो प्रचार गर्ने प्रहरीलाई कारबाही हुने
१४ फागुन, काठमाडौं ।
नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त आर्यालले फेसबुकमा ‘लाइक’ र ‘कमेन्ट’ बढाएर ‘साइबर सेलेब्रेटी’ नबन मातहतका अधिकारीलाई चेतावनी दिएका छन् । फेसबुकमा आफ्नो प्रचारप्रसार गर्ने प्रहरीलाई विभागीय कारबाही गर्ने अर्यालले बताए ।
सोमबार बढुवामा भएका एसपी र डिएसपीलाई फुली लगाउने कार्यक्रममा अर्यालले साइबर सेलेबि्रटी बन्ने प्रवृत्ति गलत भएको बताए ।
नेपाल प्रहरीले फेसबुक, टि्वटरलगायतका सामाजिक सञ्जाल प्रयोगका लागि निर्देशिका नै बनाएर लागू गरेको छ । जसमा राजनीतिक टिप्पणी नगर्न, नीतिविपवरीत संगठनसम्बन्धी टीका-टिप्पणी गर्न नहुनेलगायतका विषय औल्याइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
तैपनि, केही प्रहरी अधिकारीले फेसबुकमै नेतृत्वको आलोचना गर्ने तथा आफ्नो कामको प्रचारप्रसार गर्दै आएका छन् । सामाजिक सञ्जालमा प्रचारप्रसार र आलोचना गर्दा सुरक्षा संगठनलाई असर पुर्याउने भन्दै आइजिपी अर्यालले अबदेखि त्यस्ता प्रहरीलाई विभागीय कारबाही गरिने चेतावनी दिएका हुन् ।source:nepali headline
