नेपाली युवती बलात्कार गरी विभत्स हत्या गर्ने ८ जना पक्राउ
काठमाडौं । भारतको हरियाणामा एक नेपाली युवतीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले ८ जन भारतीय युवालाई पक्राउ गरेको छ ।
मानसिक समस्या भएर हरियाणा उपचारका लागि लगिएकी बर्दियाकी मुना सुनारको ति युवाहरुले बलात्कार गरी विभत्स तरिकाले हत्या गरेका थिए ।
युवतीको इज्जत रातभर लुटेपछि उनीहरुले मध्यराति युवतीलाई सडकमा फ्याक्न जान खोजेपनि पोल खुल्ने डरले उनीहरुले हत्याको योजना बनाएको भारतीय प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पोस्टमार्टमका क्रममा उनको यौनाङगमा सिमेन्टको बोराको टुक्रो, ब्लेड, फलामको काँटी र कण्डमसमेत घुसाएको भेटिएको थियो ।
