हरेक सिंगलले हेर्नैपर्ने ५ हिन्दी फिल्म



एक मैं और एक तुमा इमरान र करिना
भर्खरै ‘भ्यालेन्टाइन डे’ सकियो । साथीसँगीले जोडीसहितका तस्वीर सामाजिक संजालमा अपलोड गरेर सिंगल हुनेहरुलाई खपिनसक्नु बनाए । यस्तो अबस्थामा सिंगलहरु उदास हुनु स्वभाविक नै हो ।
तर, तपाईँ सिंगल हुनुहुन्छ भने तपाईका लागि केही खास कुरा छन, जो जोडी बनिसकेकालाई पाच्य नहुन सक्छ ।

बलिउडका यस्ता केही फिल्म छन जो सिंगल हुनेहरुले हेर्नैपर्ने हुन्छ । यी फिल्म हेरेपछि तपाईलाई प्रेम भन्ने शब्द निकै कपटी र जाली हो भन्ने महसुस हुनेछ र अहिलेसम्म सिंगल रहन पाएकोमा आफुले आफैंलाई स्याबासी दिनुहुनेछ । जिन्दगीमा प्रेमबाहेक धेरै महत्वपूर्ण कुरा बाँकी नै छन भन्ने थाहा दिने यी हुने केही राम्रा फिल्म-
क्वीन:  कंगना राणवत अभिनित हिन्दी फिल्म हरेक अविवाहितका लागि रोचक हुनसक्छ । प्रेम वा बिबाहले तपाईको स्वतन्त्रतालाई कसरी ध्वस्त पार्छ भन्ने गतिलो उदाहरण दिइएको छ क्वीनमा । कंगनाले आफ्नो इंगेजमेन्ट औंठी फिर्ता दिएको दृष्य सम्भवत भारतीय चलचित्रको सवैभन्दा हेर्नलायक दृष्य हो, किनकी उनले प्रेम वा बिबाहको बन्धनभन्दा आत्मसम्मान र स्वतन्त्रता रोज्छिन ।
क्वीनमा अभिनय गर्दै कंगना
क्वीनमा अभिनय गर्दै कंगना
एक मैं और एक तु: इमरान खान र करिना कपुर अभिनित फिल्म ‘एक मैं और एक तु’को प्रस्तुति आम हिन्दी फिल्मको प्रेमकथा भन्दा फरक छ । उमेर पुगेका केटाकेटी कहिल्यै पनि असल साथीमात्र हुन सक्दैनन् उनीहरु प्रेममा पर्छन भन्ने मान्यतालाई यो फिल्मले गलत सावित गरिदिएको छ । करिनाले इमरानको बिहे प्रस्ताव अस्वीकार गर्दै मित्रताको प्रस्ताव भने स्वीकार्छिन । यसले प्रष्ट हुन्छ कि सवै केटाकेटीको आत्मीय सम्बन्ध प्रेममा परिणत हुनैप् र्छ भन्ने छैन, प्रेमभन्दा मित्रता धेरै गुना टेन्सन फि्र हुन्छ ।
प्यारका पचनामा: यो फिल्म हेरेपछि त तपाईं जिन्दगीमा नपाएको सुखानुभूति पाउनुहुनेछ । छेउँछाउँ देखिने प्रेमजोडीमाथि तपाईलाई अचानक दया पलाएर आउने छ, र आफु अहिलेसम्म सिंगल रहन पाएकोमा निकै भाग्यमानी सम्झनुहुने छ । प्रेममा परेका र बिबाह गरेका साथीहरुलाई यो फिल्म उपहार दिनुस, यसले आफ्नै जीवनकहानी समेटिएको पाउने छ यस फिल्ममा ।
शुद्ध देसी रोमान्स: तपाईको मनले जे चाह्यो त्यही गर्न पाउने स्वतन्त्रता तपाई कल्पना गर्न सक्नुहुन्छ ? सायद प्रेम, बिबाह वा सम्बन्ध यस्तै चीज हुन जसले तपाईको स्वतन्त्रता हरण गरिदिएको छ । यी सम्बन्धहरुले तपाईको जिन्दगीलाई कसरी नर्क बनाउँछ भन्ने सन्देश यो फिल्ममा दिइएको छ । यसको प्रस्ट सन्देश छ- बिबाहको शब्द सुन्नासाथ भागिहाल्नु ।’
shuddh-desi-romance
देब डी: देव डीको म्यासेज त झनै खतरा छ । यसमा एक प्रेमी आफ्नी गर्लफ्रेन्डले छाडेको पीडामा रुन छाडेर सोमरसको नसामा मस्त हुन्छन् । यो फिल्मले एउटा ठूलो सत्य उजागर गरिदिएको छ- केटीहरु जीवनमा आउँछन जान्छन, तर रक्सी सधै तपाईको साथमा रहन्छ कहिल्यै साथ छाडदैन् । त्यसैले प्रेमको चक्करमा नलाग्नुस्, आफ्नो अमूल्य समय रक्सीको साथमा बिताउनुस् ।’ एजेन्सीको सहयोगमा




प्रतिक्रिया दिनुहोस्...