"दुबईस्थित संसारकै अग्लो भवनमा भीषण आगलागी (भिडियोसहित)



*एजेन्सी । संयुक्त अरब इमिरेड्स युएईस्थित संसारकै अग्लो रिहायशी इमारत ‘द टर्च टावर’ मा भीषण आगलागी भएको छ । आगलागीको समयमा भित्र काम गरिरहेका हजारौ मानिसहरुलाई सुरक्षित तरिकाले बाहिर निकालिएको छ । भवनबाट आगोका ठूला लप्काहरु निस्किएको एक प्रत्यक्षदर्शीले बताएका छन् । तिव्र गतिमा चलेको हावाका कारण आगो फैलने डरले नजिकका दुई भवन समेत खाली गराइएको छ । दुबईको मरिना जिल्लास्थित ११ सय ५ फिट अग्गो महलमा लागेको आगो तीव्र गतिमा फैलिएको हावाले अन्यत्र फैलिँदा ठूलो भौतिक क्षति भएको छ । आगलागीको कारण अहिले सम्म कुनै मानवीय क्षति भएको विवरण भने आएको छैन । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी, दमकल र एम्बुलेन्स खटाइएको छ ।





प्रतिक्रिया दिनुहोस्...