२४ क्यारेट सुनको लेन्स
(एजेन्सी) मुम्बाईका एक डाक्टर चन्द्र शेखर चवनले २४ क्यारेट सुनको आँखामा लगाउने कन्ट्याक्ट लेन्स बनाएका छन् । यो लेख्स लगाएपछि मानिसको आँखा चम्किने गर्छ । यसलाई धेरैले ट्राई समेत गरिसकेका छन् ।
लेन्सको मूल्य ९ लाख ३३ हजार भारतीय रुपैयाँ देखि लिएर ११ लाख १९ हजार भारतीय रुपैयाँसम्म पर्ने बताइएको छ ।
यसलाई शेखर आई रिसर्चले विशेष तरिकाले आँखामा लगाउने गरेको छ ।
यद्यपि, यसलाई अझै प्रयोग गर्ने अनुमति भने दिइएको छ । ५ ग्राम तौल भएको यस लेख्सले आँखाको पावर प्रभावित गर्ने अन्य डाक्टरहरु बताउँछन् । यद्यपि चावन भने यो लेन्स सुरक्षित भएको दाबी गर्दै आएका छन् । यसलाई सामान्य लेन्सभन्दा अलि भिन्न ढंगले आँखामा लगाइन्छ ।
