"वाईसीएलको लाठी सर्वसाधारणमाथि



एमाओवादीले १२ फागुनमा काठमाडौँमा प्रदर्शन गरेको लाठी जुलुसका सहभागीले सडकमा हिंड्ने सर्वसाधारणमाथि कुटपिट गरेका छन् । टाउकोमा ‘वाईसीएल स्वयम् सेवक’ लेखिएको टोपी लगाएर ‘आदेश देऊ प्रचण्ड…’ भन्दै नाराबाजी गरिरहेका युवाहरुले राजधानीको भद्रकालीमा मोटरसाइकलमा सवार

सर्वसाधरणमाथि लाठी साथै लात्ती समेत प्रहार गरेका हुन् । भृकुटी मण्डपबाट शुरु भई भद्रकाली तर्फ लागेको जुलुसका सहभागीले जुलुसको छेउँबाट मोटरसाइकल अघि बढाउँदै गरेका एक जनालाई शुरुमा कुटपिट गरेपछि अन्यलाई पनि लाठी र लात्तीले हिर्काउँदै हिंडेका थिए । माओवादीका पूर्व लडाकुहरु सम्मिलित वाईसीएलको ‘आतंक’ ऊ शान्ति प्रक्रियामा आउनेक्रममा निकै बढेको थियो । एमाओवादी संविधानसभा छोडेर सडकमा उत्रिएपछि यसअघि सुषुप्त जस्तो देखिएको वाईसीएललाई फेरि सक्रिय बनाउँदैछ ।source"bishwo khabar




प्रतिक्रिया दिनुहोस्...