रेस्टुरेन्ट जहाँ वेटर हैन ड्रोनले पुर्याउँछ खाना (भिडियोसहित)

यी रोबोट वेटरहरुले रेस्टुरेन्टमा जडान गरिएका इन्फ्रारेड सेन्सरहरुका माध्यमले ठाउँहरु पत्ता लगाउँछन् जसलाई एउटा कम्प्युटर प्रोग्रामले नियन्त्रण गर्ने गर्छ । यस्ता ड्रोनहरुले दुई केजीसम्म तौल भएका खाना र पानी बोक्न सक्छन् ।
यद्यपि यसको सुरक्षाको विषय भने अझै पनि सन्देह रहेको छ । कुनै पनि बेला कम्प्युटरमा समस्या आए यो सिधै गएर ग्राहकको टाउको वा टेबलमा खस्न सक्छ । यद्यपि, यस इन्फिनयम रोबोटिक्सका सिइयो जुन्याङ युन भने यस्तो नहुने दाबी गर्छन् । ड्रोनमा लगाइएका क्यामेरा र सेन्सरका कारण यिनीहरु मानिसहरुसँग ठोकिँदैनन् ।
टिम्ब्रे समुहका प्रवक्ता पनि यस प्रविधिमा अझै पनि केही कमीहरु रहेको स्वीकार गर्छन् । कार्यकारी निर्देशक एडवार्ड चियाका अनुसार उनले यस्ता ४० वटा ड्रोन प्रयोग गर्ने योजना बनाइरहेको र त्यहाँ भएका मानवस्रोतलाई भने अझै सीपमुलक कामका लागि प्रयोग गर्ने तयारी गरिरहेको बताए । ड्रोन प्रयोग गरेपनि उनी अझै केही मानव वेटरहरु भने राख्ने उनी बताउँछन् । ड्रोनले भान्छाबाट खाना ल्याउने गरे पनि त्यसलाई सर्भ गर्न अझै वेटर राख्ने तयारी गरेको उनी बताउँछन् ।
