"एसिड प्रहार गर्नेमाथि कारबाही : प्रहरी किन असफल ?



यही फागुन १० गते एसएलसीको तयारीका लागि ट्युशन कक्षा लिइरहेका बेला काठमाडौंको वसन्तपुरस्थित एक ट्युसन सेन्टरमा १६ वर्षीया किशोरी सङ्गीता मगर र रौतहट जिल्ला घर भई भीमसेनस्थान बस्ने १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार गरी घाइते बनाउनेहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनने ।
राजनीतिक दलकाभातृ संगठनका रुपमा रहेका महिला संगठन तथा समाजक संघसंस्थाहरुले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरिए घटना घटेको तीन दिनसम्म पनि प्रहरी अपराधीको नजिक समेत पुग्न सकेको छैन ।
प्रहरीको यस्तो कमजोरीको चारैतिर बिरोध भैरहेको छ र द्रुत गिरफ्तारीका लागि दवाव दिने क्रम पनि बढिरहेको छ । यसैमा माइती नेपालको आयोजनामा बुधबार बिरोध प्रदर्शन गरिएको चछ ।
बिरोध प्रदर्शनमा विभिन्न अधिकारवादी संस्थाको पनि सहभागिता रहेको प्रदर्शन बिजुलीबजारमा कोणसभा भएको थियो ।
कोणसभालाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकामाथि एसिड हान्नेलाई पक्राउ गरि तुरुन्त कारबाही गर्न पनि माग गर्नुभयो ।
अपराधीलाई कतैबाट जोगाउने प्रयास भएमा आफुहरु सडकमै धर्ना बस्ने चेतावनी दिनुभएकी कोइरालाले नेपालमा महिलामाथि हिंसा गर्ने अपराधीलाई सजाय कम भएकाले यस्ता घटना बढ्दै गएको बताउनुभयो ।
कोणसभामा महिला अधिकारकर्मी सपना मल्ल प्रधान, बबिता बस्नेत, कनकमणि दीक्षित लगायतले घटनाका दोषीलाई जतिसक्यो छिटो गिरफ्तार गरी हदैसम्मको कारबाहीको माग गर्नुभयो ।
यसै गरी राष्ट्रिय महिला आयोगले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी एसिडको बोतलले प्रहार गरी घाइते बनाएको घटनाको घोर भत्सर्ना गरेको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा बारा जिल्ला, कलैया नगरपालिका–८ की ७ वर्षीया बालिका २०७१ फागुन ८ गते साझा आफ्ना बाबुसँग शृङ्गार पसल गएको समयमा बेपत्ता भई शनिबार बिहान ६ः३० बजे कलैया–६ स्थित त्रि–चन्द्र उच्चमाध्यमिक विद्यालयनजिकै निर्वस्त्र अचेत अवस्थामा भेटिएको भन्ने घटनाको पनि भत्र्सना गरेको छ ।
आयोगले सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित घटनाप्रति पनि आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस प्रकारका क्रूर, अमानवीय तथा जघन्य अपराधको भत्सर्ना गरेको हो ।
यस प्रकारका गम्भीर घटनाको यथाशीघ्र, प्रभावकारी तथा पारदर्शिताका साथ अनुसन्धान गरी घटनामा संलग्न सम्पूर्ण दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कार्वाही गर्न र विशेष सतर्कता अपनाउन आयोग सरकारसमक्ष जोड्दार माग गर्दछ विज्ञप्तिमा भनिएको छ ।
राजधानीमा भएको यस्तो जघन्य अपराधमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी किन असफल भैरहेको छ भन्ने पनि आम चासोको विषय बनेको छ । कतिपय घटनामा तत्काल नतिजा दिन सक्षम नेपाल प्रहरी कुनैकुनै घटनामा वर्षौंसम्म पनि असफल हुने गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यारा पत्ता लगाउन पनि प्रहरीलाई दुई वर्षभन्दा बढी समय लाग्यो । कहिलेकाहीं भने घटनाको केही घण्टामै प्रहरीले अपराधी पक्राउ गर्ने गरेको छ ।
यस्तोमा सिंगो मुलुकको ध्यान खिचेको र अन्तर्राष्ट्रिय समुदायले समेत चासो दिएको विद्यार्थी युवतीमाथि भएको एसिड प्रहारको घटनामा प्रहरी किन चुकिरहेको छ भन्ने प्रश्न पनि उठिरहेको छ ।
source:nepal japan




प्रतिक्रिया दिनुहोस्...