पाठेघर नै नभएकी महिलाले जुम्ल्याहा बच्चा जन्माएपछि…
पुरुषजस्तै आनुवांशिक गुण भएकी एक महिलाले दुई वटा बच्चालाई जन्म दिएकी छन् ।
गर्भाशय, अण्डाशय अथवा गर्भाशय नाल नभएकी हेयले हेयन्सलाई चिकित्सकहरुले कहिल्यै गर्भाधारण गर्न नसक्ने बताएका थिए ।
सन्तान प्राप्त नहुने सुनेपछि उनी आफूलाई कसैले विवाह नगर्ने चिन्तामा थिइन् ।
यही कुरा उनले एक दिन आफ्नो बच्चाको साथी सैमलाई बताएपछि उनी विवाह गर्न राजी भएका थिए । सन् २००७ मा फेरि गरिएको एक विशेषज्ञ डाक्टरलाई गराएको शारीरिक परीक्षणमा सानो गर्भाशय देखिएको थियो ।
सन् २०११ मा चिकित्सकको परीक्षणमा उनको गर्भाशय गर्भधारणका लागि उपयुक्त पाइएको थियो । यो सुनेपछि उनी खुसी भएपनि त्यो सम्भावना ६० प्रतिशतमात्र थियो ।
निरन्तर ६ साताको उपचारपछि उनले २ वटा बच्चालाई जन्म दिएकी हुन् । उनले आमा बन्नु आफ्नो जीवनको अनौठो क्षण भएको बताएकी छन् ।source tajakhabar
