धर्म गर्न जाँदा प्रहरीको धुलाई (फोटोफिचर)
काठमाडौं, फागुन ५ – महाशिवरात्रीका दिन पशुपतिनाथमा पूजा गर्न हिन्दुधर्मवालम्बीहरुको घुँइचो लाग्ने गर्छ । उज्यालो नहुँदै पूजा गर्नका लागि लाइनमा बस्न पुग्छन्
सर्वसाधारण । यस वर्ष पनि पशुपतिनाथमा दर्शन तथा पूजा गर्नेहरुको बाक्लो भीड थियो । दिउँसो भीड बाक्लिँदै गएपछि त्यहाँ व्यवस्थापनका लागि खटिएका प्रहरीहरुलाई समेत अप्ठ्यारो परेको थियो । एक समयमा भीड यति बाक्लियो त्यहाँ ठेलमठेल सुरु भयो । तर, स्थितिलाई प्रहरीले केहीबेरमा नै नियन्त्रणमा लिएपछि कुनै ठूलो दूर्घटना भने हुन पाएन ।
