कोरियाबाट नेपालीहरुको शव यसरी ल्याइयो
नौ दिनअघि कोरियामा मृत्यु भएका झापा धुलाबारीका छविलाल भण्डारीको आज दाहसंस्कार गरिएको छ ।
गत वर्ष चैत २४ गते वैदेशिक रोजगारका लागि कोरिया पुगेका २५ वर्षीय भण्डारीलाई गत शुक्रबार त्यहीँको जङ्गलमा साथीहरुले मृत फेला पारेका थिए ।
साथीले नै कोरियास्थित नेपाली राजदूतावासमा भण्डारी मृत फेला परेको जानकारी गराएपछि उनको शव नेपाल ल्याउन पहल गरिएको थियो ।
दूतावास र भण्डारी परिवारको पहलमा हिजो उनको शव नेपाल ल्याइएको थियो । उनको आजै हिन्दू परम्पराअनुसार निन्दा नदीमा दाहसंस्कार गरिएको छ । source:nepali headline
