आफ्नी श्रीमती खाने गोहीसँग यसरी बदला लिए श्रीमानले - फोटोफिचर सहित



युगान्डाका दिमित्री नाबिरी चार महिनाअघि घर नजिकै पोखरीमा पानी लिन गएकी थिइन् । तर, उनलाई एउटा गोहीले आफ्नो शिकार बनायो । उनका श्रीमान मुबारक बाताम्बुज स्तब्ध भए । किनभने उनकी श्रीमती त्यतिबेला गर्भवती थिइन् । यो घटनामा उनले श्रीमती मात्र गुमाएनन्, पेटमा रहेको सन्तान पनि गुमाए । तर, जब उक्त गोही पुनः त्यही क्षेत्रमा आयो तब नाबिरीका श्रीमानको क्रोधको सामना गर्नु प¥यो ।



जो आफ्नी श्रीमतीको हत्याको बदला लिन तयार थिए । गत महिना कसैले भन्यो कि नाबिरीलाई खाने गोही फेरि देखिएको छ । यो कुरा सुनेर उनी केही साथीका साथ पोखरी किनारा पुगे । उनी भन्छन्–गोही निकै ठुलो दैत्याकारको थियो । हामीलाई त्यसलाई ढुंगाले हानेर मार्ने कोशिस ग¥यौ । तर, हामीले त्यसलाई केही गर्न सकेनौं । ढुंगाले हानेर केही नहुने देखेपछि मुबारक बाताम्बुज नजिकै लोहारकोमा पुगे । उनले भने– म एउटा राक्षेसको सामना गर्न गइरहेको छु । जसले मेरी श्रीमती र उनको पेटमा रहेको बच्चा मारेको थियो । म त्यसको बदला लिन चाहन्छु । त्यसैले मलाई एउटा यस्तो भाला बनाए देऊ जसबाट म उक्त गोही मार्न सकुँ । लोहारले उनका लागि एउटचा यस्तो भाला बनाए जसको किनारमा काँटा लगाइएको थियो ।

मुबारक भन्छन्–गोहीले मेरी श्रीमतीलाई सिंगै निलेको थियो । उनको शरीरको कुनै अंग वा कपडा पनि देखिएको थिएन । जसबाट म पहिचान गर्न सकुँ । यो मेरो संसार अन्त्य भएको थियो । मेरो सबै कुरा लुटिएको थियो । भाला बनाएर जब उनी गोही मार्न पुगे, गोही त्यही थियो । त्यसलाई देखेर मुबारकका साथीहरु डराए । मुबारकलाई रोके । मुबारक भन्छन् कि उनलाई कुनै डर थिएन गोहीसँग लड्दालड्दै उनको मृत्यु पनि हुन सक्थ्यो । उनले भने–मैले गोहीलाई नजिकै गएर भाला घोपेँ जबकि मेरा साथीहरुले पछाडिबाट ढुंगा हानिरहेका थिए । गोहीले आफ्नो मुख खोलेर ममाथि आक्रमण गर्ने कोसि गर्दागर्दै मैले त्यसलाई डोरीमा फसाएँ । यो लडाई करिब डेढ घण्टा चलेको थियो । यसक्रममा गोही मारियो ।


गोही मारेपछि मुबारक र उनका साथइहरु गाउँ पुग्दा स्थानीयले कुनै हिरोलाई जसरी स्वागत गरे युगान्डाका जीव अधिकारी ओसवाल्ड तुमान्याका अनुसार गोही चार मिटरभन्दा पनि लामो र करिब ६ सय किलो तौलको थियो । गोहीको शवलाई कांपलास्थित माकारेरे विश्वविद्यालय लगियो । जहाँ एक पशुचिकित्सकले शव परीक्षण गरे । गोहीको पेटमा एउटा हड्डी भेटियो । तर, यो स्पष्ट भएन कि उक्त हड्डी मानिसकै हो । अस्ट्रेलियास्थित चार्ल्स डार्विन विश्वविद्यालयका गोही विशेषज्ञ एडम ब्रिटन भन्छन्–सामान्य परिस्थितिमा यो असम्भव छ कि १२ हप्तापछि पनि गोहीको भूँडीमा कुनै आहाराको कुनै हड्डी बलिरहोस् । source tajakhabar




प्रतिक्रिया दिनुहोस्...