तपाइको आफ्नो बैवाहिक जीवन खुसी बनाउने ६ तरिकाहरू : जानी राखौ
वैबाहिक जीवनलाई सफलतापूर्वक निर्बाह गर्नु या सुचारू ग्रनु निकै चुनौतीपूर्ण काम हो । मानिसको वैबाहिक जीवनलाई सहज रूपमा चलाउँदै परिवारका सदस्यलाई पनि खुसी बनाएर लैजान सक्नु चुनौतीको विषय हुँदाहुँदै पनि स-साना कुरामा ध्यान दिन सके साम्पत्य जीवन सुखमय हुन जान्छ । पति-पत्नीबीचको सम्बन्धले पारिवारिक जीवन तथा परिवारबीको सम्बन्धलाई पनि प्रगाढ राख्न मद्धत गर्छ । पति-पत्नीबीच राम्रो मेल र समझदार भएमात्र पारिवारिक जीवन सहज रूपले अगाडि बढ्छ । तर यसका लागी भने स-साना कुरामा ध्यान दिनुपर्ने हुन्छ । हामीलाई थाहा हुँदाहुँदै पनि यस्ता विषयलाई हामीले ध्यान दिन नसक्दा परिवारमा कलह, वैमनस्यता जस्ता समस्या देखिने गर्छन् ।
केही समान्य उपायहरू जसले दाम्पत्य जीवनलाई खुसी राख्न मद्धत गर्छ ती यस्ता छन् :
१. पति-पत्नीबीचको कुराकानी: पति-पत्नीबीचको कुराकानीले दाम्पत्य जीवनलाई सुखमय बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । पारिवारिक रूपमा जतिसुकै कुराकानी भएपनि पति-पत्नीबीच दिनमा छुट्टै कुराकानी हुनु जरूरी हुन्छ । यसले दुवै बीचको सामिप्यतालाई थप नजिक ल्याऊँछ । जतिसुकै व्यस्त भएपनि एक-अर्काका लागी कम्तिमा १०-१५ मिनेट समय छुट्याउनु राम्रो मानिन्छ ।
२. एक-अर्कालाई सम्मान: पति-पत्नीबीच एक-अर्कामा सम्मान हुनु जरूरी हुन्छ । एकले अर्कोलाई सम्मान गर्दा त्सयले सम्बन्धमा झन् गाढापन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ । पति या पत्नीले उ/ऊनी मेरो मात्र हुन् मैले जे गरे पनि हुन्छ भन्ने भावनाले दुईबीचको सम्बन्धमा गाढापना भन्दा चिसोपना बढी ल्याउने गर्छ ।
३. ठीकै छ भन्ने भावना आउनु: यदी तपाईले गरेका कुनै कामलाई तपाईको जीवन साथीले मन नपराइकन नै ठीक छ नि त भन्ने भावना आए वा एकले मन नपराएको कामलाई अर्काले जबरजस्ति गर्न खोज्दा पनि दुई बीचको सम्बन्धमा चिसोपन आउन सक्छ । दुवैबीच यदी कुनै कामका लागि सहमति भएमात्र त्यसलाई एक-अर्काले पूर्ण रूपमा साथ दिँदै उक्त कामलाई राम्रो सँग गर्न सकिन्छ ।
४. आर्थिक पारदर्शिता: पति-पत्नीबीच पैसाका विषयमा पारदर्शी हुनु आवश्यक हुन्छ । दुवैबीच पैसाको कारोबारका विषयमा राम्रोसँग जानकारी हुँदा भविष्यका योजनाहरूमा समेत सहयोग पुग्छ र सोही योजना अनुसार नै जीवन निर्वाह गर्न सहज हुन्छ ।
५. परिवारका अन्य सदस्यसँगको सम्बन्ध: पति-पत्नीबीचको सम्बन्धमा उनीहरूको परिवारको पनि ठूलो भूमिका हुन्छ । यदी परिवारका कोही सदस्यसँग मनमुटाव हुने या उनीहरूबीच कुराकानी मिल्न नसक्दा पनि परिवारमा कलहको स्थिति सिर्जना हुनुको साथै पति-पत्नीबीचको सम्बन्धमा समेत चिसोपन आउन सक्छ । पारिवारिक सम्बन्धलाई सकेसम्म राम्रो राख्न सकेमात्र परिवारमा खुसी आउनुका साथै पति-पत्नीबीचको सम्बन्ध पनि प्रगाढ हुने गर्छ ।
६. प्रेम गर्ने समय: विबाहको लामो समय भएपनि पतिपत्नीबीचको प्रेमको सम्बन्ध लामो समयसम्म कायम रहँदा सधै खुसियाली छाउँछ । जीवनका धेरै वर्ष साथमा बिताउँदा पनि पति-पत्नीबीचको सम्बन्ध सुरूवातका दिनमा जस्तै रहन सक्यो भने बैवाहिक जीवन सफल हुनुका साथै लामो जीवन सहजै काट्न सकिन्छ ।source:nepali aawaj
