यस्तो रहेछ सलमानले विवाह नगर्नुको रहस्य



बलिउड स्टार सलमान खानले विवाह गरेका छैनन् । उनीसँगैका नायक तथा नायीकाहरुले विवाह गरेपनि उनले भने विवाह गरेका छैनन् ।



हरेक कार्यक्रममा सलमान खानलाई पत्रकारहरूले उनलाई उनको विवाहसँग सम्बन्धित प्रश्न सोध्ने गरेका छन् । तर, सलमानले भने उक्त प्रश्नलाई अर्कैतिर मोड्ने गरेका छन् भने कहिलेकाही त उनी यस्तो प्रश्न गर्ने पत्रकारमाथि नै जाइलाग्ने समेत गरेका छन् ।

तर, हालै एक टेलिभिजन कार्यक्रममा भने उनले आफूले विवाह नगर्ने कारणबारे खुलाएका छन् । उनले आफूले विवाह नगर्नुको पछाडि आफूविरूद्ध रहेको मुद्धा भएको बताएका छन् । उनले आफूलाई लागेको आरोपको किनारा नलागेसम्म विवाह नगर्ने बताएका छन् ।

उनले आफू उक्त मुद्धामा जेल समेत जानुपर्ने हुन सक्ने बताउँदै विवाह गरेपछि जेल जान आफूलाई मञ्जुर नभएको बताएका छन् । आफुले विवाह गरेपछी जेल जानुपर्ने हुन सक्ने बताउँदै उनले विवाह नगरेको बताएका छन् । उनले आफूले सकेसम्म चाडो उक्त मुद्धाबाट सफाइ पाउने या सजाय पाउने अपेक्षा समेत गरेका छन् । source nepaliheadlines






प्रतिक्रिया दिनुहोस्...