आज प्रकाशित तपाईको राशिफल हेर्नुस्..



मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मानप्रतिष्ठा वृद्धि हुनेछ। कुलकुटुम्बसँगको सम्बन्धमा मधुरता आउनेछ। कार्यमा बाधा उत्पन्न हुनेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आदर्श व्यक्तित्वसँग भेटघाट हुनेछ। आकस्मिक धनक्षयको योग छ। आयआर्जन सामान्य रहनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
पारिवारिक मेलमिलाप बढ्नेछ। प्रेमीप्रेमिकाबीच सम्बन्ध प्रगाढ हुनेछ। अचल सम्पत्ति कारोबार हुनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तसँग मनमुटाव होला। कुरा काट्नेहरू बढे पनि विजय तपाईंको हुनेछ। सांस्कृतिक कार्यमा सहभागिताका अवसर मिल्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दुर्लभ वस्तु प्राप्तिले मन प्रसन्न रहला। खर्च वृद्धि हुनेछ। राजनीतिक तथा न्यायिक कार्यमा उल्झन यथावत् रहनेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
प्राविधिक पक्ष सबल रहनेछ। धार्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
अनावश्यक विवादको योग छ। खर्च वृद्धि हुनुका साथै व्यापारव्यवसायमा अवरोध आउनेछ। सभासम्मेलनमा भाग लिने अवसर मिल्नेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। कार्यमा ढिलासुस्ती र उल्झन व्यहोर्नुपर्नेछ। जागिरमा पदोन्नति वा स्थानान्तरण हुनेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
भाग्योदयको योग छ। राजनीतिक सक्रियता बढ्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ला।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
शत्रुहरू सबल रहन सक्छन्। अध्ययनअध्यापनमा सन्तुष्टि मिल्नेछ। मानसम्मान पाइनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साथीभाइको सहयोग प्राप्त हुनेछ। बन्धुको सहयोगले अधुरा काम बन्नेछन्। धार्मिक कार्यमा सफलता मिल्नेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आम्दानीका स्रोत बढ्नेछन्। व्यवसायमा परिवर्तन आउन सक्छ। आयआर्जनको क्षेत्र फराकिलो हुनेछ।




प्रतिक्रिया दिनुहोस्...