ब्रह्मचारी’ प्रधानमन्त्रीसँग को हुन् यी युवती भिडियो सहित हेर्नुहोला ?
अविवाहित, सन्त र सम्पत्तिका नाममा तीनवटा मात्र मोवाइल राखेका प्रधानमन्त्री सुशील कोइरालाले एउटा केटीसँग कुम जोडेर आँखा जुधाउँदै गफ गरिरहेको फोटो फेसबुकबाट सार्वजनिक हुँदा अहिले चर्चाको विषय बनेको छ । भद्र, अनुशासित र
यसरी देश विदेशका प्रधानमन्त्री र राष्ट्रपतिहरु पनि महिलाहरुसँगको फोटोले गर्दा विवादमा आउने गरेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि एउटा विदेशी केटीसँग खिचाएको फोटो सार्वजनिक हुँदा उनी त्यसबेला निकै चर्चा भएको थियो । फोटोको बारेमा चर्चा हुँदा रातोपाटीले ती केटी को हुन्, यसरी प्रधानमन्त्रीसँग टाँसिएर फोटो खिचाएको बारे बुझ्दै जाँदा उनी बाँके नेपालगञ्जका पत्रकार करुणा शाह हुन् । भेरी रेडियो एफएममा कार्यरत शाह प्रेस युनियनसँग पनि आबद्ध हुन् । प्रधानमन्त्री बाँके गएको बेला प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनपछि शाहले प्रधानमन्त्री बसेकै छेउमा
गएर फोटो खिचाएका थिए । रातोपाटीले मंगलवार शाहसँग फोनमा सम्पर्क गर्दा उनले आफूपनि पत्रकार हो, प्रधानमन्त्री कोइराला नेपालगञ्ज आएको बेला आफू उनीसँग फोटो खिचाएको प्रतिकृया दिइन् । त्यसपछि ‘म अहिले फिल्म हेरिरहेको छु, अरु कुरा पछि गरौला’ भन्दै फोन राखिन् ।
