रुघाखोकीबाट बच्न के गर्नुपर्छ: जानी राखौं



नाक चिसो हुँदा साधारण रुघाखोकीले सताउने जोखिम बढ्ने पछिल्लो अनुसन्धानले देखाएको छ । अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानले चिसो नाकलाई रुघाको भाइरसले बढि मन पराउने तथ्य पत्ता लागेको हो ।



चिसो तापक्रममा मानिसको रोग प्रतिरोधी क्षमता कमजोर हुने र त्यसमा भाइरस बढि सक्रिय बन्ने शोधकर्ताहरुको ठहर छ । शोधकर्ताहरुले रुघाबाट बच्नका लागि नाकलाई न्यायो राख्न र रुघाखोकी लागेको बेला चिसो हावा नाकबाट नलिन अर्थात् मास्क लगाउन सुझाव दिएका छन् ।
याले विश्वविद्यालयका शोधकर्ताहरुले नाकको तापक्रम ३३ डिग्री हुँदा तथा सरीरको साधारण तापक्रम ३७ डिग्री सेल्सियस हुँदाको अवस्थामा रुघाखोकीको कारक तत्वको रुपमा रहेको राइनो भाइरसको अवस्थाको जाँच गरेका थिए ।
शोधकर्ता डाक्टर अकिको इवासाकीले भनेकी छन्, ‘हामीलाई ५० वर्षदेखि थाहा थियो की यी भाइरस नाकमा निकै राम्रोसँग फैलाउँछन्, तर कसरी भाइरसको संख्यामा वृद्धि हुन्छ भन्ने संयन्त्र भने अहिलेसम्म प्रष्टताका साथ परिभाषित भएको छैन ।ने अहिलेसम्म प्रष्टताका साथ परिभाषित भएको छैन ।
चिसो नाकमा प्रतिरोधी क्षमता कम हुने र त्यसले भाइरसलाई संख्या बढाउन अवसर प्रदान गर्ने उनी बताउँछिन् । नाकको तापक्रम कम हुँदा भाइरस विरुद्ध सरीरले गर्ने प्रतिकार्य कम हुने उनको भनाइ छ ।
आफुहरुको पछिल्लो शोधले चिसो याममा साधारण रुघाखोकीको प्रकोप किन बढि देखिन्छ ? भन्ने कुराको व्याख्या गर्न सहयोग गर्ने उनले बताएकी छिन् । तथापि चिसोमा रुघाखोकीको भाइरस सक्रिय हुने प्रक्रिया निकै जटिल रहेको उनको भनाइ छ ।
चिसो मौसममा प्रकोपकै रुपमा फैलिने रुघाखोकीबाट बच्नका लागि जिउलाई मात्र न्यानो राखेर नपुग्ने भन्दै शोधकर्ताहरुले नाकको प्वाललाई समेत चिसो हावाबाट जोगाउनुपर्ने सुझाव दिएका छन् ।
स्वास लिने ठाउँ नाक जिउका अन्य भागभन्दा चिसो हुने भएको र चिसो ठाउँ राइनो भाइरसका लागि उत्तम ठाउँ भएकैले रुघाखोकीको भाइरसले जिउका अन्य भाग जस्तै फोक्सो लगायतमा आक्रमण नगरि नाकमै आक्रम:source:onlinekhabar




प्रतिक्रिया दिनुहोस्...