हजुरबालाई खैनी किन्न पसल पुगेकी बालिकालाई बलात्कार गर्ने पसले १० वर्ष खोरमा
राजविराज, २४ पुस । पुनरावेदन अदालत सप्तरीले नौ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनपुर गाविस–९ का हरेन्द्र देवलाई १० वर्र्षको कैद र रु ७५ हजार जरिवानाको फैसला सुनाएको छ ।
सो अदालतले जिल्ला अदालतको फैसलालाई आंशिक उल्टी गर्दै १० वर्र्ष कैद सजाय सुनाएको रजिस्ट्रार हरिशचन्द्र इङ्नामले जानकारी दिए । जिल्ला अदालतले आरोपितलाई ६ वर्ष कैद सजायको फैसला गरेको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै आरोपितले पुनरावेदन गरेका थिए भने पीडितले थप सजायको माग गर्दै पुनरावेदन दिएका थिए ।
आफ्ना हजुरबुबाका लागि खैनी किन्न पसल पुगेकी बालिकालाई घरमै औषधि र किराना पसल सञ्चालन गरिरहेका उपस्वास्थ्य चौकी गोबरगाढामा कार्यरत देवले २०७० वैशाख १४ गते बलात्कार गरेका थिए । source;badal nepal
