जसले लिन्छिन तीन मिनेट नाँचेको ७५ लाख




ओएस नेपाल, काठमाडौं, पुस २८- भारतको उत्तर प्रदेशमा हरेक वर्ष हुने सेफई महोत्सवमा बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिजले तीन मिनेटको नृत्यका लागि ७५ लाख रुपैंयाँ लिएको खुलासा भएको छ ।


 महोत्सवमा आफ्नो नृत्य प्रस्तुति दिन ऋतिक रोशन, परिणती चोपडा पुगे पनि ज्याकुलिनले उक्त महंगो रकम आयोजकबाट लिएको जनाइएको छ ।

समाचार अनुसार यो पटक सेफईमा प्रस्तुति दिने सूचीमा ऋतिक एक्लो सुपरस्टार थिए । महोत्सवमा हुमा कुरैशी र ऋचा चड्डाले पनि प्रस्तुति दिएका थिए ।

गत वर्ष मुजफरनगरमा भएको दंगा पछिको सेफई महोत्सवमा माधुरी दिक्षित र सलमान खानले प्रस्तुति दिँदा निकै विवाद भएको थियो ।

source:osnepal




प्रतिक्रिया दिनुहोस्...