अभियुक्त बाबु थापाले भने, प्रहरीले समात्यो बल्ल आनन्द भो



सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यापछि दुईपटक पक्राउ परेर छुटेका घटनाका मुख्य योजनाकार बाबु थापा भनिने मेघबहादुर थापाले आफूलाई प्रहरीले पक्राउ गरेपछि आनन्द लागेको बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी मा थापाको बयान यस्तो छ, पहिला प्रतिशोधले हत्या गरियो, घटनापछि न राम्ररी खान रुच्थ्यो, खाली त्यही घटना झल्झली आउँथ्यो, धेरै दिन मनमनै तड्पिएँ, प्रहरीले समात्यो अब आनन्द भो।
२०६९ जेठ १८ मा बिहान ११ बजे ललितपुर शंखमुलस्थित यूएनपार्क नजिकै बममाथि गोली प्रहार गरी हत्या गरेको अढाइ महिनापछि पक्राउ परेका थापा सामान्य केरकारपछि छुटेका थिए। प्रहरीले घटनामा प्रयोग भएको पेस्तोलबारे नख्खु कारागारमा रहेका मिलन भनिने ज्ञानु लामासँग सोधपुछ गर्दा लामाले उक्त हतियार थापाले दिएको बयान दिएका थिए।source:tajakhabar




प्रतिक्रिया दिनुहोस्...