मलेसियाको विमान अमेरिकी सेनाले गोली हानेर खसालेको थियो,किन खसाल्यो त !
गत वर्षको मार्च ८ देखि आकाशमै वेपत्ता भएको मलेसियाली विमान सेवाको विमान MH370 लाई अमेरिकी सेनाले गोली हानेर खसालेको दावी फ्रान्सेली विमान कम्पनी प्रोटेअस एयरलाइन्सका पूर्व प्रमुख मार्क डुगियनले गरेका छन् ।
मार्क डुगियनले अमेरिकामा सेप्टेम्बर ११ शैलीमा आक्रमण हुने आशंकामा अमेरिकी सेनाको डिएगो गार्सियामा रहेको सैनिक अखडाबाट विमानलाई गोली हानिएको दावी गरेका छन् ।
पेरिसबाट प्रकाशित हुने पेरिस म्याचको पछिल्लो आलेखमा उनले यस्तो दावी गरेका हुन् । उक्त विमानका कम्प्युटरहरुमा समेत ह्याकिङ गरेर त्यसको बाटो बदलिएको हुन सक्ने उनको आशंका छ ।
डिएगो गार्सिया बेलायती भूमि हो जहाँ अमेरिकी नौसेनाको अखडा रहँदै आएको छ ।
डुगियनले भने आफनो आलेखमा विमानमा गोली हानिनुको कारण आतंकवादी आक्रमण हुने अमेरिकी त्रास रहेको बताएका छन् ।
माल्दिब्सका केही मानिसले मार्च ८ मा एक विमान डिएगो गार्सिया तर्फ जाँदै गरेको बताएका थिए भन्ने कुरालाई उनले प्रमुख आधार मानेका छन् ।
गत वर्ष हराएको २३९ जना यात्रु सहितको विमान अहिले सम्म कुनै पत्तो नलागेपछि यस विषयमा विभिन्न अफवाह र नयाँ नयाँ कथाहरु बनिरहेका छन् । मलेसियाको क्वालालम्पुरबाट बेइजिङजाँदै गरेको विमान आकाशबाटै वेपत्ता भएको थियो ।source tajakhabar
