नागरिकतामा मलाई पुरुष बनाईदिए छ ! ईन्दिरा
झापा । शिवसताक्षी नगरपालीका ७ कि ईन्दिरा दर्जीलाई यतिबेला तनाव भएको छ ।‘२२ वर्षको उमेरसम्म आईपुग्दा उनलाई यतिको टेन्सन कहिल्यै भएको कताइृन् । जिल्ला प्रशासन कार्यलय झापाले जारी गरेको मेरो नेपाली नागरिकतामा मलाई पुरुष बनाईदिएको रहेछ, यो भन्दा ठूलो तनाव मलाई के होलारु
ऋम्इगएको मंसिर ३ गते उनको नागरिकता जारी भएको हो। उनको नागरिकतामा लिङ्ग पुरुष लेखिएको छ। ‘नेपालीमा त लु कम्प्युटर टाईपमा मिस भयो भनौ।’ —उनले भनिन नागरीकताको पछाडि लेखिने अंग्रेजी बिवरणमा पनि सेक्स मेल नै लेखेको छ। ईन्दिराको चित्त बुझ्ने ठाँउ कतै छैन। नाम ईन्दिरा नै छ, फोटो मैरै हो उनले भनिन् यो त चरम लापारबाहीको उदाहरण हो।
ईन्दिराको नागरिकतामा जिल्ला प्रशासन कार्यालय झापाका प्रसासकीय अधिकृत तेजिन्द्र गौतमले दस्तखत गरेका छन्। नागरिकता जस्तो महत्वपूर्ण प्रमाण पत्र जारी गर्ने बेलामा अलिकति पनि ध्यान नदिई गौतमले हस्ताक्षर गरेको प्रस्ट छ। नागरिकता लिनका लागि अनुसूची फारम भरेदेखि नागरिकता लिने अवधिसम्म दर्जनौ पटक मिसील सम्बन्धित अधिकारीले अध्ययन गर्छन्। मिसीलमा ईन्दिराले लिङ्ग महिला नै लेखेको दाबी गरेकी छन।
‘उनले भनिन्, ‘अनुसूचि फारम मैले आफै भरेको हुँ मिस्टेक गर्ने त कुरै भएन नी। ‘ जिल्ला प्रशासन कार्यलय झापाले जारी गरेको ईन्दिराको नागरिकता ०४—०१—७१—०८६२२ नम्बर को छ। नागरिकता बुझ्ने बेलामा ईन्दिराले पनि आफ्नो नागरिकताको बिवरण ठीक छ छैन भन्ने बारेमा खासै वास्ता गरेको पाईदैन। नागरिकताको पछिल्लो भागमा उनको औठा छाप छ। उनले भनिन, ‘नागरिकतामा भरिएको बिवरण अध्ययन गर्न नपाई मेरो दुवै हात समाएर फाँटवालाले हतार हतार औठा छाप लगाईदिए। ठीकै होला भन्ने भयो तर महिलालाई पुरुष पो बनाईएको रहेछ।
यता जिल्ला प्रशासन कार्यालय झापाले भने नागरिकता जस्तो प्रमाण(पत्रमा भयङकर त्रुटि भएको बताएको छ। कार्यालयका एक कर्मचारीले भने, ‘यो बिषय समाचार बन्न योग्य त होइन तर पत्रकारलाई मसला चै भयो।’ उनले आफ्नो नाम उल्लेख नगर्न पटक पटक आग्रह गरे। उनलाई समचार बन्ने या नबन्ने बिषयमा दिएको अभिव्यत्तिका बारेमा राखेको जिज्ञासामा टङ्क स्लीप भएको स्वीकार गरे। ईन्दिराले निवेदन दिएर आफ्नो नागरिकतामा भएको गल्ती सच्याउन सक्ने कार्यालयका अर्का कर्मचारी भोगेन्द्र तामाङ्ले बताए source;tajakhabar
