किन उड्यो नेपाली आकाशमा शंकास्पद विमान ?



मंगलबार, माघ ६,
मंगलबार बिहान नेपाली आकाशमा धुवाँको मुस्लो छोड्दै उडेको विमानप्रति शंका उब्जेको छ ।
संविधान निर्माणको आखिरी अवस्था र सोमबार अध्यराति बसेको संविधानसभाको बैठकमै एकीकृत माओवादीका सभासद्हरुको सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका सभासद्माथिको आक्रमण पश्चात मंगलबार बिहान ११ बजेर ४५ मिनेट जाँदा नेपाली आकाशमा धुवाँको मुस्लो उडाउँदै विमान उडेपछि शंकास्पद बनेको हो । 

कतिपयले धुवाँ  उडाउदै उडेको सो विमान ‘युद्ध विमान’ भएको बताएका छन् । तर, कसले र किन सो युद्ध विमान नेपाली आकाशमा उडायो भन्ने केही खुलेको छैन । धुवाँको मुस्लो उडाउँदै उडेको सो विमानले अनुमति लिएरै उडेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नेपालपाटी डटकमलाई जानकारी दिए । 

सो विमान भुटानको ड्रुक एयरलाइन्सको रहेको र अनुमति लिएरै नियमित उडान भरेको आफूलाई त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थलको कन्ट्रोल सेन्टरले जानकारी दिएको प्रवक्ता ढकालले जानकारी दिए । 
source:bepali pati




प्रतिक्रिया दिनुहोस्...