‘यसरी कसरी संविधान बन्छ?'
यो उत्तेजनात्मक आक्रमणको जति भर्त्सना गरे पनि पुग्दैन। यसलाई सम्बन्धित पक्षले दुःखद रूपमा लिनुपर्छ। म उहाँहरू सबैलाई यही कुरा सोध्नेछु, यसरी कसरी संविधान बन्छ? आज संविधानसभामा भएका सबै घटना जनताले देखेका छन्, अब जनताले नै यी सबै कुराको छिनोफानो गर्नेछन्।– सुवास नेम्वाङ, सभाध्यक्ष
‘गम्भीर हिंसात्मक घटना'
माओवादी नेता डा. बाबुराम भट्टराईले अनेक छलकपट गरेर समय लम्ब्याउनुभयो, सहमति पनि गर्नुभएन। नेपालको संविधानसभा, लोकतन्त्र र विकासलाई अब माओवादीको बन्धक बनाइरहन सकिँदैन। प्रक्रियामा गइरहेको कुरालाई उहाँहरूले बल प्रयोग गरेर रोक्न खोज्नुभयो। सभाध्यक्षमाथि नै हमला गर्ने उद्देश्य राखियो, केही मर्यादापालक घाइते हुनुभयो। संविधानसभामा एउटा गम्भीर प्रकृतिको हिंसात्मक घटना गराइयो। यो संविधान बनाउने तरिका होइन। माओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्तिखोरमा ‘यो संविधानसभा भनेको हाम्रो रणनीतिक बाटो मात्र हो' भन्नुभएको थियो, आज त्यो सिद्ध भयो।– रामचन्द्र पौडेल, कांग्रेस उपसभापति
माओवादीको ‘बाँदरे फुइँ'
संविधान बनाउने बाटोतिर गइरहेका बेला बिथोल्ने प्रयास भयो। पहिला सभामुखमाथि आक्रमण गर्ने कोसिस भयो, त्यसपछि मलाई छातीमै माइकले हिर्काउनुभयो। माननीय विद्या भण्डारीजीलाई पनि माइकले लाग्यो। बैठक स्थगित भइसकेपछि पनि माओवादीहरूले आफ्नो सक्कली रूप देखाए। थकाइ लागुन्जेल फर्निचर तोडफोड गरे, माइक भाँचे। संविधान र देशको भविष्यका बारेमा छलफल गर्ने सभ्य, सुसंस्कृत, परिस्कृत, परिमार्जित थलोमा कस्ता मान्छे आइपुगेका रहेछन् भन्ने सबैले देखे, उनीहरूको चरित्र कस्तो थियो, के गरिरहेका थिए भन्ने छर्लंग भयो। जनताको प्रतिनिधित्व गर्ने पार्टी हुँ भन्ने, परिवर्तनको संवाहकको हुँ भन्नेले तर्क, बहस छाडेर, को को मान्छेलाई ताकेर प्रहार गर्नुपर्छ भनी नियोजित आक्रमण गरे। यस्तो उपद्रोलाई नेवारी भाषामा ‘माकः फुइँ' (बाँदरे फुइँ) भनिन्छ।
– केपी शर्मा ओली, एमाले अध्यक्ष
– केपी शर्मा ओली, एमाले अध्यक्ष
‘माओवादीले जंगली हर्कत देखायो’
माओवादीले जंगली हर्कत देखायो। यसले संविधानसभाका लागि १५ हजारको हामीले बलिदान दियौं भन्ने कुरा र जसले नेपाली जनतालाई अधिकारको लागि लड्यांै भन्छ तिनैले नै अधिकार दिने ठाउँलाई ध्वस्त गर्न चाहेको पुष्टि भयो।
जसले क्रान्तिको नाम दिँदै उनीहरुको हत्या गर्न चाहन्छन्। नेपाली जनताले भोली विचारले पराजित गर्नेछन्।
वामदेव गौतम, गृहमन्त्री
जसले क्रान्तिको नाम दिँदै उनीहरुको हत्या गर्न चाहन्छन्। नेपाली जनताले भोली विचारले पराजित गर्नेछन्।
वामदेव गौतम, गृहमन्त्री
‘यो घटनाको जिम्मा सभाध्यक्षले लिनुपर्छ’
बहुमतमा लगेर संविधानसभालाई अघि बढाउन खोजियो। यो युगान्तकारी परिवर्तनको विरुद्धमा छ। अहिलेसम्म संविधानसभा अध्यक्षले जुन भुमिका निर्वाह गरेपनि आज बहुसंख्यक दलले यो बाटोमा नजानुस् भनेर भनेका थियौं। यो प्रक्रियामा सहभागि हुँदैनौं भनेका थियौं। जोड गरेर नजानुस् भन्दा पनि गएकाले संविधानसभा अध्यक्षले जिम्मेवारी लिनुपर्छ।