टप हिरोइन बनाउने भन्दै भिडियो डाईरेक्टरले रात विताउने अफर गरे !



काठमाडौं, यतिबेला नेपाली कला बजारमा एउटा समाचारले निकै चर्चा पाएको छ । म्यूजिक भिडियोको क्षेत्रमा समेत आलोचना भोगिरहने निर्देशक मुनाल शिशिर कोइरालाले आफूसंग घिनलाग्दो च्याट गरेको आरोप यहि क्षेत्रकी मोडल तथा नव नायिका आयुषा राईले लगाएकी छिन् । आयुषाले गत भाद्र महिनामा प्रर्दशनमा आएको फिल्म बिर्खेलाई चिन्छस बाट नेपाली चलचित्र नगरीमा डेब्यू गरेकी थिइन ।

नव नायिका आयुषाले पछिल्लो समय बारम्बार आफूलाई टप हिरोइन बनाइदिने भन्दै मुनालले फेसबुकमा च्याट गरेपछि यो रहष्य प्रकाशमा ल्याएकी हुन । मनोरञ्जन उद्योगमा यस प्रकारका घटनाहरू बेलाबेलामा सार्वजनिक भैरहने गर्दछ, पछिल्लो पटक भने यसरी च्याटको प्रमाण सहित यो प्रसंग बाहिरिएपछि यसले कला क्षेत्रलाइ निकै दु:ख पुर्याएको छ ।

आयुषाले विगत ३ महिना देखि आफुसंग निर्देशक शिशिरले नेपालकै टप अभिनेत्री बनाईदिन्छु तर मसंग सवै कुराहरू गर्नुपर्छ भन्ने लामो स्टाटस सहितको च्याटलाइ प्रमाणका रूपमा फेसबुकमा पोष्ट गरेकी छिन् । उनले अहिले निकै हिम्मतका साथ उक्त च्याट कन्भर्सेसन सार्वजनिक गरेपछि अहिले उनका पक्षमा मानिसहरू समर्थनमा उत्रिएका छन फेसबुकमा मुनालले उनीसंग गरेको च्याटमा माया साथ र रिलेशन सगै लान मन लागेको छ भनी लेखेका छन् ।
नेपाली कलाक्षेत्रमा समेत खासै नचिनिएका र आफैले चलचित्रको निर्देशनको अफर नपाइरहेका बेला यस्ता भिडियो डाईरेक्टरले नयाँ मोडललाइ यसरी च्याट मार्फत टप हिरोइन बनाईदिने आश्वासन दिँदै रात विताउनका लागी अफर गरेपछि यो कुराले मनोरञ्जन उद्योगकै बेईज्जती भएको छ । यस्ता केही डाइरेक्टरहरूका कारण यो उद्योगमा बेला बेलामा यस प्रकारका घटनाहरू भैरहने गर्दछ । यस घटनाले भने आगामी दिनमा कस्तो मोड लेला त्यसका लागी केही समय हेर्नैपर्ला ?source:medianp




प्रतिक्रिया दिनुहोस्...