प्रियंकाले गरिन् आफ्नै बारे यस्तो खुलासा



बलिउडमा सुन्दरता र अभिनय दुवैका लागि चिनिने प्रियंका चोपडाले आफ्नो स्वभाव पर्दामा देखिने जस्तो नभएको बताएकी छिन् । आफ्नो बारेमा मन नपर्ने कुरा के हो भनेर सोधिएको प्रश्नको जवाफमा प्रियंकाले आफू बास्विक जीवनमा लज्जालु स्वभावकी भएको खुलासा गरेकी हुन् ।
priyanka chopra

बाहिरबाट देखिए जस्तो जीवन आफूहरुको नहुने भन्दै प्रियंकाले मानिसहरुले गाडी बंगला देखेर यस्तै हुन पाए भन्ने सोंच्ने तर कलाकारहरुको वास्तविक जीवन पर्दामा देखिएको जस्तो नहुने समेत बताएकी छिन् ।
कलाकार भएकै कारण विभिन्न मूल्य चुकाउनु पर्ने समेत उनले खुलासा गरेकी छिन् । आफूले एक फिल्म बनाउन लागेको पनि उनले खुलासा गरेकी छिन् ।
priyanka chopra speaks
अहिले प्रियंका म्याडम नामक चलचित्रमा ब्यस्त छिन् ।
source;nepali headline




प्रतिक्रिया दिनुहोस्...