बलात्कार पिडित दुई पूजालाई रेखाले हिरोइन बनाउने



काठमाडौं, पुस २४- सामूहिक बलात्कार पिडित पूजा बोहरा र आफ्नो बुबा तथा हजुरबुवाबाट बलात्कारको शिकार भएकी पूजा कार्कीलाई नायिका रेखा थापाले आफुले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘रामप्यारी’मा खेलाउने भएकी छिन् । हालसम्म सार्वजनिक नभएका दुई पूजा रेखाकै चलचित्रबाट सार्वजनिक हुनेछन् ।


बलात्कार पिडित दुबै पुजालाई भेट्न रक्षा नेपाल पुगेकी रेखाले संचार माध्यममा दुई पूजाको बारेमा धेरै कुरा सुनेकाले आफू आएको बताइन् । रेखाले आफूद्धार अभिनित चलचित्र ‘तथास्तु’को कथावस्तु र २ पूजाको जीवनकथा उस्तै रहेको खुलाइन् ।

चलचित्रमा आफ्नै श्रीमान्बाट बलात्कृत हुने नारीको भूमिकामा अभिनय गरेकी रेखाले दुई पूजाको कथालाई आफ्नो चलचित्रले सम्बोधन गरेकाले भेट्न आएको जनाइन् ।

३२ जना बालबालिका तथा किशोरीहरुलाई संरक्षण दिदै आएकी रक्षा नेपालकी प्रमुख मेनुका थापाले आफ्ना छोराछोरीहरुको सपना रेखा थापा जस्तै हिम्मतवाली बन्ने रहेको सुनाइन् ।

कार्यक्रममा बोल्दै पूजा बोहराले कुनै पनि बलात्कारीलाई कानुनले छोड्न नहुने बताइन् ।

source;khabar patrika




प्रतिक्रिया दिनुहोस्...