पहिलो यौनसम्पर्कमा के गर्ने, के नगर्ने?जानी राखौ
पहिलो यौनसम्पर्कमा के गर्ने, के नगर्ने
हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौनसम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने गरेका हुन्छन् ।
यसप्रति ध्यान दिनु जरुरी छ । हतार नगर्नु
अधिकांश युवक पहिलोपटक यौनसम्पर्क गर्दा हतार गर्छन् । हतार गर्ने बानी घातक हुन्छ । हतार गर्नाले कतिपय युवक सम्पर्क नगर्दै स्खलित हुन्छन् । जसले गर्दा पत्नी असन्तुष्ट हुन्छिन् । यसले पति र पत्नी दुवैलाई ग्लानिको आगोमा जलाउँछ । त्यसकारण हतार नगरी प्रेमपूर्वक सम्भोग गर्नुपर्छ । यौन विशेषज्ञहरू भन्छन् कि पुरुषको दाँजोमा उत्तेजनामा आउन महिलालाई धेरै समय लाग्छ । त्यसकारण सम्पर्क गर्नुअघि पुरुषले फोर-प्ले (प्राक्क्रीडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, उनको शरीरका संवेदनशील अंगमा स्पर्श गर्नेलगायत यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु बेस हुन्छ । पत्नीको भावना बुझ्नु कतिपय पत्नी पतिका अगाडि खुलेर कुरा गर्न सक्दैनन्, पतिलाई दुःखी बनाउन चाहँदैनन् । जसकारण उनीहरू आफू सन्तुष्ट भएको झुट बोल्छन् । तर, पतिले पत्नी यौनसम्पर्कबाट साँच्चै सन्तुष्ट छिन् कि छैनन्, विचार गर्नुपर्छ । पतिले आफ्नो मात्रै सन्तुष्टि हेर्नुहँुदैन । पत्नीसँग सल्लाह गरेर अघि बढ्नुपर्छ । पति-पत्नीमा असमझदारी पैदा हुने प्रमुख कसी यौन असन्तुष्टि हो, त्यही भएर पहिलो यौनसम्पर्कमै यी कुरा विचार गर्नु जरुरी हुन्छ । source:sansani khabar
