ज्याकलिनले सलमानलाई धोका दिएर आमिर संग रोमान्स
सलमान खानसँग निक्कै नजिक रहेको भनेर चर्चा चलिरहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नानण्डिजले अव सलमानसँग भन्दा आमिर खानसँग आफूलाई अभिनय गर्न मन लागेको बताएकी छिन् ।
आमिर खानको पीके हेरेपछि ज्याकलिनलाई आमिरसँग अभिनय गर्ने भूत नै चढेको छ । आफूलाई राम्रा कलाकार सँग अभिनय गर्ने रहर भएको र त्यसमा पहिलो नम्बरमा आमिर खान रहेको उनको भनाइ छ ।
सलमानकी प्रेमिकाकोरुपमा समेत चर्चा भैसकेकी ज्याकलिनले आमिर खानसँग चलचित्रमा अभिनय गर्ने रहर जो कोहीलाई समेत हुने बताइन् ।
सलमानसँग किकमा अभिनय गरेकी ज्याकलिनकै कारण हालै श्रृलंका गएका सलमान चुनाव प्रचारमा गएको भन्दै विवादमा समेत परेका थिए ।
source;nepali headline
