युवकले नाङ्गै बनाएर प्रेमिका सडकमा घुमाए (फोटो फिचर)



बेलायती एक प्रेमी जोडीले कम्बोडियामा अनौठो हर्कत गरेपछि प्रहरीले पक्राउ गरेर जेल हालेको छ । कपडा नलगाइकन बाइक चलाएर उनीहरुले सुन्दर संस्कृति र सीमाको उल्लङ्घन गरेको अभियोग प्रहरीले लगाएको छ ।

बेलायतको इङ्गल्याण्डमा वेस्ट अफ स्कटल्याण्ड यूनिवर्सिटीमा अध्यनरत २४ वर्षीय युवक क्रेवफोर्ड ब्राउनले कम्बोडिया सम्म निर्वस्त्र भएर बाइक चलाए साथमा प्रेमिका समेत राखेर ।


उनले फिनल्याण्डकी २२ वर्षीया क्याटरीना आर्नियोलाई पनि बाइकमा राखेका थिए । डेली मेलका अनुसार उनीहरुको साथमा अर्का एक युवक पनि नग्न भएर बाइक चलाइरहेका थिए ।

 उनीहरुले कपडा नलगाइकन बाइक चलाएको देखेपछि प्रहरीले पिछा गर्न शुरु गरेको थियो ।
कम्बोडियाको कानूनले यस्तो गर्ने अधिकार नदिने भएकाले उनीहरुलाई गिरफ्तार गरिएको र कडा सजाय दिइने प्रहरीले जनाएको छ । उनीहरु भियतनामको सीमाक्षेत्र तर्फ अघि बढीरहेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कम्बोडिया प्रवेशमा आजीवन प्रतिबन्ध समेत लगाइएको छ ।source:onlineka kura




प्रतिक्रिया दिनुहोस्...