श्रीमतीको शरिरमा आगो लगाएर हत्या



 कैलाली, कैलाली जिल्लामा एक जना श्रीमानले आफ्नै श्रीमतीको शरिरमा आगो लगाएर हत्या गरेका छन । जिल्लाको जोशीपुर गाविस वडा नम्बर ८ को घुसरी गाउँमा सोमबार राती यो घटना भएको हो । स्थानीय महेन्द्र प्रसाद कठरियाले आफ्नो श्रीमतीलाइ मट्टितेल खन्याएर आगो लगाएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए अनुसार प्रहरीहरू घटनास्थल पुग्नु अघिनै महेन्द्रकी श्रीमती ३३ बर्षीय मीराको ज्यान गैसकेको थियो । मृतकको शव पोष्टमार्टमका लागी टिकापुर अस्पतलमा लगिएको छ ।
प्रहरीले मीराका श्रीमानलाइ पक्राउ गरि यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । source:newstime




प्रतिक्रिया दिनुहोस्...