OMG: सलमानलाई लाग्यो भूल्ने रोग ।



बलिउड दबंग स्टार सलमान खानका फ्यानहरुका लागी यो समाचारले दुखी बनाउन सक्छ । तर पछिल्लो केहि समययता सलमानलाई भुल्ने रोग लागेको छ ।

यो कुरा सलमान आफैले स्वीकारेका छन ।
उनले आफु ‘सर्ट टाइम मेमोरी लस’ बाट ग्रसित भएको बताएका हुन । हालै सुरज बाडजत्याको फिल्म ‘प्रेम रतन धन पायो’को सुटिङका बेला सलमानले पटकपटक फिल्मको डायलग भुलिरहेका थिए । जसकारण उनलाई सट पुरा गर्न निकै समय लागिरहेको छ । सलमानको समस्यालाई मध्यनजर गर्दै फिल्मको संवाद सरल भाषामा लेख्न पनि लेखकलाई आग्रह गरिएको छ ।
यदि यस समस्याबाट छिट्टै मुक्त नहुने हो भने सलमानको करियरमा समेत नकारात्मक असर पर्ने देखिन्छ । उनले छोटो समयका लागी सबै कुरा बिर्सन र केहि बेरपछि फेरी सम्झने गरेको उनी निकटहरुले बताएका छन ।source:namastefmily




प्रतिक्रिया दिनुहोस्...