मनीषा काण्डमा राखी जेल जान सक्ने



चलचित्र 'मुम्बई क्यान डान्स साला' का निर्देशक सचिन्द्र शर्मामाथि आफ्नी साथी मनीषासँग फिल्म खेल्न दिए बापत कास्टिक काउच अर्थात यौन सम्बन्ध राख्न प्रस्ताव राखेको आरोप लगाएपछि उनी विवादमा तानिएकी हुन् ।




निर्देशक शर्माकी पत्नि मधु शर्माले राखी विरुद्ध मानहानीको मुद्धा लगाएकी छिन् । गत ११ डिसेम्बरमा 'मुम्बई क्यान डान्स साला'को गीत लन्च कार्यक्रममा राखी र मनीषाले निर्देशकमाथि काष्टिक काउचको आरोप लगाएका थिए ।

राखीले चर्चामा आउन यस्तो आरोप लगाएको भन्दै उनीमाथि मुद्धा परेको हो । यो आरोप पुष्टी भएमा राखी जेल जानेछिन् ।
source:nepaliheadline





प्रतिक्रिया दिनुहोस्...