श्री कृष्ण र श्वेता द्वारा अभिनित अन्तिम फिल्म कोहिनुर युट्युबमा: दोषीलाई पानी मुनि गएपनि नछाडिने



काठमाडौं । निर्देशक आकास अधिकारीले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनुरलाई पाइरेसी गरी युट्युवमा राख्नेलाई जसरी भएपनि कारबाही गरेरै छाड्ने बताएका छन् । विश्वका विभिन्न सहरहरुमा प्रदर्शनको तयारी गरिएको फिल्म कोहिनुर एक्कासी युट्युवमा सार्वजनिक भएपछि निर्देशक अधिकारीले अपराधिलाई कारबाही गरेरै छाड्ने बताएका छन् । उनले फिल्म पाइरेसी गर्नेलाई स्थानीय प्रशासनको सहयोगमा पत्ता लगाएरै छाड्ने बताएका छन् । उनले फेक आइडी बनाएर चलचित्र अपलोड गरिएको बताउँदै विदेशबाट यस्तो भएको पाइए एम्वेसी मार्फत अपराधिलाई समातिने बताएका छन् । फिल्म सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै निर्देशक अधिकारीले युट्युववाट कसै्रले फिल्म डाउनलोड गरेको भए पुनः अपलोड नगर्न आग्रह समेत गरेका छन् । उनले डाउनलोड गरिएको फिल्म डिलिट गरि स्वर्गीय नायक श्रेष्ठप्रति सम्मान देखाउन आग्रह समेत गरेका छन् । नेपालबाट ११ करोडको ब्यापार गरेको कोहिनूरलाई हालै मात्र विश्व बजार तर्फ हङकङ, कतार, कोरिया, इजराईल, डेनमार्क र फिनल्याण्डको पहिलो चरणको प्रर्दशन सकेर अष्ट्रेलिया अमेरिकामा र मलेसिया, जापान सहित धेरै राष्ट्रमा प्रर्दशन गर्ने तयारी निर्माताहरुले गरेका थिए । यस अघि पनि विभिन्न चलचित्रहरु पाइरेसीको शिकार भएका थिए ।

युट्युबमा राखेको भिडियो यस्तो छ






प्रतिक्रिया दिनुहोस्...