काजोलले अस्विकार गरेपछि शाहरुखको जोडी ऐश्वर्यासंग बाधिने
बलिउडमा कुनै बेला काजोल र शाहरुख खानलाई निकै फापेको जोडीमा गनिन्थ्यो तर पछिल्लो समयमा कजोल्ले शाहरुख खान संग फिल्म खेल्ननै मानिनन |
रोहित सेठ्ठीको निर्देशनमा किशोर कुमार र मधुबाला अभिनित सुपरहिट फिल्म ‘चलती का नाम गाडी’ को रिमेक बन्ने भएको छ । यही फिल्ममा अभिनय गर्न रोहितले गरेको प्रस्तावलाई काजोलले अस्वीकार गरेकी हुन् । काजोलले नमानेपछि रोहित ऐश्वर्या रायकहाँ पुगेका थिए | फिल्ममा काम उनले पनि स्वीकार गरेकी छन त्यो भएर अहिले रोहित मख्ख छन |
त्यसो त सञ्जय गुप्ताको फिल्म ‘जज्बा’ मा उनले काम गर्ने सहमति जनाइसकेकी छिन् । तर, आमा बनेकी ऐश्वर्याको कुन फिल्म पहिलो हुने हो अझै टुंगो लागिसकेको छैन ।करण जौहरले ‘ए दिल है मुस्किल’ मा रणबीर कपुर र अनुष्का शर्मा सँगै ऐश्वर्यालाई पनि कामका लागि प्रस्ताव गरेका थिए । फिल्ममा काम गर्न उनलाई समय नपुगेर मात्र हो तर कामको प्रस्ताव आउन भने छाडेका छैनन् |
